January 1 2020

सृजना सधै अमर रही रहन्छ ।

विश्व परिवेशमा देवनागरी लिपिको प्रयोग हेर्ने हो भने नेपाल र भारतमा मात्र प्रयोग गरेको पाइन्छ । नेपालमा अधिराज्य भरी नै यसको प्रयोग गरिन्छ भने भारतमा पूर्वोत्तरका प्रदेशहरु, पशिचम बंगाल, दक्षिण भारतका प्रदेहरु र पंजाब बाहेक अन्य प्रदेशहरुमा गरिन्छ । देवनागरी लिपि अक्षरको संख्या र विविधताको लागि अत्यन्तै धनी र वैज्ञानिक छ । यस लिपिको द्वारा जे बोलिन्छ ठ्याक्कै त्यस्तै लेख्न सकिन्छ । यो नै देवनागरी लिपिको वैज्ञानिकताको प्रमाण हो ।

देवनागरी लिपि विशेषतानै विशेषता भएको लिपि हो । यो लिपिमा अक्षरहरु संख्यात्मक रुपमा अधिक मात्रै नभएर कतिपय अक्षरहरुको बहुरुप पनि छन् । जस्तै : झ,ण,श,क्ष,ज्ञ,द्व आदि । कतिपय विद्वानहरु यसलाई देवनागरी लिपिको नराम्रो पक्षको रुपमा लिन्छन् । तर यस विविधतालाई विशेषताको रुपमा लिए राम्रो होला । देवनागरी लिपिको थप विशेष विशेषता भनेको संयुक्ताक्षरहरु युक्त हुनु हो । संयुक्त अक्षर  दुई व्यञ्जनहरु हलन्त (अपूर्ण वा आधा) अक्षरलाई खुझा नकाटी अजन्त (पूर्ण) अक्षर संग एकै अक्षरको रुपमा लेख्ने अक्षर हो । जस्तै : त्त,द्द,द्ध,द्य ……… आदि । वरिष्ठ लेखक तथा भाषा शास्त्री शरच्चन्द्र वस्तीले ( नेपाली कसरी लेख्ने ) भन्ने पुस्तकमा लेख्नु भएको छ ।”शब्दका बीचमा आउने आधा अक्षरलाई खुझा काटेर लेख्नु नेपाली भाषाको शैली र प्रकृति दुवै होइन । अभरै पर्दा अथवा अरु उपाय नहुँदा मात्र त्यसो गर्दा उचित हुन्छ “। यो कथन र व्याकरणको नियमलाई  संयुक्ताक्षरको प्रयोग ले मात्रै पालना गर्न सकिन्छ । अर्थात संयुक्ताक्षरको प्रयोगले मात्र व्याकरणको नियम अनुसार शुद्ध लेख्न वा टंकण (टाइप) गर्न सकिन्छ

खाएको लाएको समय संगै सकिन्छ तर सृजना सधै अमर रही रहन्छ।

संयुक्ताक्षरको यति महत्व किन भन्दा कुनै व्यञ्जनको अपूर्ण वा आधा अक्षरको रुपमा लेख्नु पर्यो भने जुन अक्षरको ठाडो धर्का हुन्छ त्यसता अक्षरको ठाडो धर्का हटाई दिए हलन्तको प्रयोग नगरी अपूर्ण अक्षर बन्दछ । तर कतिपय अक्षरको ठाडो धर्का हुँदैन त्यसलाई अपूर्ण अक्षरको रुपमा लेख्नु पर्यो भने हलन्त चिन्ह आवश्यकता पर्छ । व्याकरणको नियम अनुसार हलन्त कम से कम गर्ने भन्ने छ । यस नियमलाई सार्थक बनाउँन संयुक्त अक्षरको विकल्प छैन् । जस्तै : अट्ट, खुझा, चिठ्ठी आदि । अब यी संयुक्त अक्षरमा नजर गरौं त : ट, ठ, ड, द, ह आदि अक्षरहरु ठाडो धर्का विहिन छन् । तसर्थ यी अक्षरहरुलाई हलन्त चिन्हको प्रयोग नगरी आधा अक्षरको रुपमा लेख्नु संभव छैन् । संयुक्ताक्षको प्रयोग गरेर यी अक्षरहरुलाई पनि हलन्त चिन्हको प्रयोग नगरी शुद्ध सही र व्याकरण सम्मत लेख्न सकिन्छ ।

अब चर्चा गरौं ती संयुक्ताक्षरको  जसको ठाडो धर्का हुन्छ । धद्घा, मुद्घा, कुड्ढ, पुड्ढ, उज्जर, निर्लज्ज आदि संयुक्ताक्षरहरु ठाडो धर्का भएको अक्षरहरुको हो । यस्ता संयुक्ताक्षरहरुको व्याकरण सम्मत अक्षर लेखन संग खासै महत्व नभए पनि यसले लुक (हेर्नुमा) विविध प्रदान गर्दछ भने स्पेश (ठाउँ) र समयको बचत गर्दछ । यस्ता संयुक्ताक्षरको प्रयोगले एकै क्लिकमा दुइवटा अक्षर टंकण गर्न वा लेख्न सम्भव हुन्छ । यी संयुक्ताक्षरहरु हाम्रा पूर्वजहरुका अमुल्य रचना हो । यसले उहाँहरु कति विद्वान  र सृजनशील थिए छन् भन्ने दर्शाउँदछ । पूर्वजहरुद्वारा सृजित यी सम्पूर्ण अक्षररुपी धरोहरुको संरक्षण हाम्रो दायित्व हो । यसलाई जीवन्त राख्नु हाम्रो कर्तव्य हो ।

हिजो आज कतिपय अक्षरहरु विशेष गरेर वहुरुपिय अक्षरहरु र संयुक्ताक्षरहरु लोप प्रायः छन् । कम्प्युटरको युगमा सबैलाई समयको अभाव छ । कम्प्युटरको कीबोर्डमा भएको अक्षरको अलावा अतिरिक्त अक्षरहरु टाइप गर्नु पर्यो भने इन्सर्ट मेनुमा गएर सिम्बोलमा क्लिक गरेर वाञ्छित अक्षरमा क्लिक गर्नु पर्ने हुन्छ ।शुद्द टाइपिङ्ग लागि यति लामो प्रकृयालाई अपनाउँने समय त होइन मन कसैकोमा छैन् ।

उदाहरणका लागि झ्याल लेखेर काम चल्छ भने झ्याल लेख्नका लागि यति दुःख किन गर्ने । त्यस्तै आफ्नो लेख्दा काम चली हाल्छ भने आफ्नो लेख्नका लागि समय किन खर्चने । यसरी कतिपय अक्षरहरु लोप प्रायः छन् । अब लोपै भइ सकेको अक्षरहरु चाही डिजिटल्ली डिजाइन नगरिकाले हो । पाठकहरुले ती अक्षरहरु तल हेर्नु सक्नु हुँनेछ । पूर्वजहरुको यति सुन्दर सृजनाको  संरक्षण र संवर्धनका लागि यथा सिघ्र पहल गर्न नितान्त आवश्यकता छ । किनकी पुर्वजहरु द्वारा सृजित ती अमुल्य धरोहर देख्ने र पढने पीढीहरु जीवनको उत्तरार्ध अवस्था छन् भने कम्प्युटरको युगमा पढने बिद्यार्थीहरुले ती अक्षरहरु हेर्ने सौभाग्य पाएका छैनन् ।पुराना मुद्रण पद्यति चलनमा रहे सम्म त ती अक्षरहरु देख्न पाइन्थ्यो । डिजिटल युगमा कतिपय अक्षरहरु संरक्षणको अभावमा दुर्लभ भए ।

यिनै देवनागरी लिपिका कमी कमजोरीको निराकरणका लागि जेडीआर फण्टका श्रृखलाहरु डिजाइन गरिएको छ । अहिले सम्म सार्वजनिक गरिएको फण्टको संख्या पच्चिस छ । जसमा देवनागरीका १७ र अंग्रेजी ८ प्रकारका फण्ट छन् । जेडीआर देवनागरी फण्टहरु सबै उमेरका मानिसहरु, विद्यार्थी, ग्राफिक डिजाइनर, प्रकाशक, तथा सूचना प्रविधि व्यवसायी हरुको रुचि र आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । यी फण्टहरुमा विशेष गरेर हाम्रा प्राचिन काल देखि प्रचलित कलमले लेखिने विशेष प्रकारको स्टाइललाइ  विशेष महत्व दिइएको छ । प्रयोगकर्ताहरु लाई यी प्राचिन कालिन अक्षर टाइपका फण्टको चयनमा सजिलोका लागि फण्टको नाम देवताहरुका नाममा राखिएको छ । त्यही देवताहरुको नामको फण्टको अलि लचिलो रुप कसैलाई राम्रो लाग्छ भने देवीहरुको नामको फण्ट विकल्पको रुपमा छ । यी फण्टहरु अति आकर्षक हुन्छ तर डिजाइन अति जटिल हुन्छन् । यस्ता फण्टको डिजाइनका लागि डिजाइनर लाई बाँसको कलमले लेख्ने अभ्यास र अनुभवको अति आवश्यकता पर्दछ । यी फण्टहरुमा कतिपय बाल र पौढ मैत्रीका रुपमा अलि बोल्ड टाइपका फण्टहरु डिजाइन गरिएको छ । शेष फण्टहरु आधुनिक रुपका छन् । यी फण्टहरुको नाम हाम्रा खोला नाला, डाढा पाखाका नाममा राखिएको छ । अर्थात फण्टहरु नामले पनि नितान्त नेपालको मौलिकता दर्शाउँने खालका छन् । फण्टहरु रुप वा डिजाइनको हिसाबले दुइ टाइपमा बर्गिकृत गरिएको हुन्छ । कलात्मक वा अलंकृत (Serif) र अलंकार विहिन (Sans Serif ) । जेडीआर फण्टहरुमा दुवै प्रकारका फण्ट डिजाइन गरिएकाले प्रकाशक, ग्राफिक्स डिजाइनर, विज्ञापन दाताहरुका लागि अति उपयोगीे छ ।

देवनागरी लिपिमा सबै अक्षरहरु र वाक्यहरुमा एकैनासे मात्राहरु उपयुक्त हुँदैन । उदाहरणका लागि क मा दीर्ध इकारा, एकार, ऐकार, शिर बिन्दु आदिको मात्रा अरु अक्षरहरुमा प्रयुक्त हुने मात्रा सही हुँदैन किन भने क को ठाडो धर्का अक्षरको मध्यमा हुन्छ । तर अरु अक्षरका लागि सही हुन्छ । कारण यी मात्राहरु दाया पझी ठाडो धर्का हुने अक्षरको आधारमा डिजाइन गरिएको हुन्छ । जस्तै की, के, कै, कं, तर जेडीआर फण्टको सहायताले यी मात्राहरु सटिक टाइप गर्न सम्भव छ । जस्तै : की, के, कै, क़  । त्यस्तै निश्चित, पश्चिम आदि शब्दमा इकारको मात्रा च अक्षरको लागि प्रयुक्त हुनु पनें हो तर यो मात्राले श् मा लागेको हो भन्ने दर्शाउँदै छ । सही रुपमा पढनु पर्यो भने त यसको उच्चारण अर्कै हुन्छ । यसको समाधानको लागि जेडीआर फण्टमा सही लेख्न चाहनेहरुका लागि विकल्पको खोजिएको छ । जस्तै : निश्चित, पश्चिम आदि ।

हिजो आज विद्यालय लाई बिदयालय उच्चारण गरिदैछ । यसको चर्चा पनि निकै चलिरहेको छ । हुन सक्छ हामीले विद्यार्थीहरुलाई  सम्झाउँन नसकेको होला यो ध अक्षर द्यको संयुक्त अक्षर हो । यसो हेर्दा ध जस्तै भएकोले सबैले यसलाई ध भनेर नै उच्चारण गर्न थाले । जेडीआर फण्टमा यसको पनि समाधान हेतु द्यको संयुक्ताक्षरको डिजाइन गरेर राखिएको छ । यस  संयुक्ताक्षरले व्यापकता पाए उद्यम, उद्योग, द्योतक, विद्यालय आदि शब्दहरु लाई उद्यम, उद्योग, द्योतक, विद्यालय लेख्ने चलनको थालनी भई यी शब्दहरु सही उच्चरित हुने थिए । त्यो संयुक्त अक्षर हो द्या । यो संयुक्ताक्षरमा द्य अक्षरहरुलाई प्रष्ट दर्शाइएको छ ।

जेडीआर फण्टमा लगभग ५१ वटा अक्षरहरु र १३ मात्रा र चिन्हहरु  थप समावेश गरिएको छ । कम्प्युटरको की बोर्डमा अक्षरहरु सिमित भएकोले यी सबै अक्षरहरु इन्सर्ट मेनुको सिम्बोलमा राखिएको छ । यहाँ उल्लेखनिय के छ भने इन्सर्ट मेनुमा रहेका सबै  अक्षरहरु व्यञ्जन क्रमानुसार रखिएको छ । जसले गर्दा युजरहरु (प्रयोग कर्ता) लाई अक्षर खोज्न सजिलो हुनेछ साथै समयको वचत हुनेछ ।

जे डी आर फन्टका विशेषताहरु :

:: कलात्मक र सर्वाधिक अक्षरहरुको समूह भएको फन्ट टाइप

:: बहुरुपीय अक्षरहरुको सम्पूर्ण रुप भएको

:: सर्वाधिक संयुक्ताक्षर भएकोले हलन्तको प्रयोगमा न्यूनीकरण

:: अक्षरहरुको सही रुप र आकार भएको

:: सही उच्चारणका लागि प्रेरित गर्ने अक्षर भएको जस्तै “ध्वा”

:: लेखनको नियमलाई पालना गर्दै शुद्ध टाइपिंग गर्न सकिने

:: मात्राहरुको सही डिजाइन गरिएको

:: पूर्ण विराम, अर्ध विराम, अल्प विराम, कोष्ठक, उद्धरण आदि चिह्नहरु फन्ट संग मेल खाने डिजाइन गरिएको

:: खोज्नमा सजिलोका लागि इन्सर्ट मेनुमा भएका अतिरिक्त अक्षरहरु वर्णक्रमानुसार राखिएकोले तीव्र गतिले टाइपिंग गर्न सकिने

:: कतिपय एकै व्यञ्जनको हलन्त (अपूर्ण) र अजन्त (पूर्ण) लाई झुन्डाएर लेख्ने चलनलाई निरन्तरता दिन संयुक्ताक्षरको रुपमा डिजाइन गरिएको आदि

:: कथ्य अनुसारको लेख्य सम्भव भएको फन्ट

जे डी आर फन्टको आवश्यकता :

:: शुद्ध टाइपिंगका लागि

:: विशुद्ध उच्चारणका लागि

:: विलुप्त प्रायः अक्षरहरुलाई जीवन्त राख्न

:: प्राचीन अक्षरहरुलाई जोगाई राख्न

Font Sample Text

लेखक परिचय : क्याप्टेन जीवन ध्वज राई भारतीय सेना (हाल अवकाश प्राप्त) मा रहदै देखी नै कलाकारीता, सुलेख, फोटोग्राफी तथा अन्य रचनात्मक कार्य तथा सैनिक पत्र पत्रिकाहरुमा लेख्नमा रुची राख्नु हुन्थ्यो । पुर्खौली स्थान गुर्दुम, पाँचथर तथा हालको बसाइ विराटनगर ४, मोरंगमा रहेको छ । अत्यन्त कर्मशिल क्याप्टेन जीवन ध्वज राई अवकाश प्राप्त जीवनमा समेत आफ्नो रुची र समाज लाई केही दिनु पर्छ भन्ने मन्यता राख्दै आफ्नो समय लाई सदुपयोग गरी रहनु भएको छ । Download Font

Prakash Upreti
Prakash Upreti
pracas

Prakash Upreti, Holds 16+ years of experience in IT Consulting, resident of Biratnagar Nepal, 2005 IT Graduate from Hyderabad India, has been running an IT venture since 2007 with renowned brands of Nepal. WordCamp speaker, guest lecture in various colleges & academic institutions, technological geek, blogging since 2005 in WordPress platform and runs a startup which is Nepal’s largest part time network of professional people whom we need in our daily life which can be seen in www.sriyog.com