www.bolpatra.gov.np ko EGP मा दर्ता गर्ने प्रक्रिया
सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) ले देशव्यापी सार्वजनिक खरीद व्यवस्थापनका लागि केन्द्रीयकृत इन्टरनेट मार्फत खरीद (ई-जीपी) प्रणाली स्थापना गर्ने प्राबधान मिलाइएको छ । यो वेबमा आधारित पोर्टल हो जसमा सार्वजनिक खरीदका बिभिन्न गतिविधिहरू समावेश छन् जसमा बोलपत्र कर्ताको दर्ता, खरीद योजना, ई-टेन्डरिंग, अन-लाइन मुल्यांकन, ठेक्का व्यवस्थापन आदि छ ।
यो प्रणाली नेपाल सरकारका सबै मन्त्रालयहरू, विभागहरू र एजेन्सीहरू (एमडीए) मा प्रयोग गर्ने गरिएको छ। यो सिंहदरबारमा सरकारी एकीकृत डाटा केन्द्रमा होस्ट गरिएको छ र सार्वजनिक संस्थानहरू र आपूर्तिकर्ताहरूले इन्टरनेट मार्फत पहुँचयोग्य बनाइएको छ ।
पीपीएमओमा दर्ता कसरी गर्ने भन्ने कुरा तल उल्लेख गरिएको छ
आफ्नो संस्था लाई बोलपत्र को आधिकारिक वेबसाइटमा दर्ता गर्नको लागि सुरुमा www.bolpatra.gov.np वेबसाइटमा गएर रजिस्टर लिंकमा जानु पर्छ त्यस पश्चात विवरणहरु भर्नु पर्ने हुन्छ, कम्प्युटरको बेसिक मात्र ज्ञान भएकाले पनि यो दर्ता प्रक्रिया सजिलै संग पुरा गर्न सक्छन ।
कम्प्युटरमा फाइलहरु स्क्यान गर्न सक्ने र पी डी यफ फाइलहरु जोडी बोलपत्रको वेबसाइटले निर्धारण गरेको फाइल साइजमा बनाउन सक्ने भने हुनु पर्छ ।
प्रक्रिया – १
पहिलो ट्याबमा संस्थागत जानकारीहरु भर्नु पर्ने हुन्छ, जुन तल उल्लेख गरिएको अनुसार तयार गर्नु पर्छ, साथै (*) लगाएको फिल्डमा अनिवार्य रुपमा रेकर्ड भर्नु पर्ने हुन्छ भने (*) नगरिएको फिल्डमा राख्दा पनि हुन्छ वा नराख्दा पनि हुन्छ ।
कुनै बेला “VAT वा PAN नम्बर भ्यालीडेट भएन” भन्ने म्यासेज पनि आउन सक्छ तर तेस्ले दर्ता प्रक्रियामा खासै केहि फरक भने पार्दैन ।
पहिलो प्रक्रीया सकिय पछी कार्यालय ठेगाना (Office Address) आउछ, यस् प्रकारले राख्नु पर्छ | जुन तल देखिएको इमेजमा देखाइएको छ ।

प्रक्रिया – २
पहिलो ट्याबमा संस्थागत विवरण भरे पश्च्यात, अर्को ट्याबमा व्यक्तिगत विवरण भर्नु पर्छ, जसमा इमेल ठेगाना भर्दा आफुले परि आउदा पासवर्ड रिसेट गर्न सकिने, आफ्नै अधिनमा भएको इमेल नै राख्नु पर्छ, आफु लाइ मन परेको वा चाहिएको युजर नेम राख्न सकिन्छ, साथै त्यसै अनुसार पासवर्ड राख्न सकिन्छ, पछि पासवर्ड बिर्सेको खण्डमा गोप्य प्रश्न सोधिने भएकोले, कुनै एक “सेक्रेट कोइसन” लाई सेलेक्ट गरेर त्यसको सेक्रेट कोइसन मा उत्तर राख्नु पर्छ, साथै CAPTCHA लाइ भेरिफाइ गर्नु पर्छ ।

प्रक्रिया – ३
यो ट्याब भर्नको लागि, पहिला नै तयार गर्नु पर्ने कुराहरु निम्न छन्
१) संस्था दर्ता प्रमाण पत्र ( घरेलु, प्रा लि वा अन्य )
२) TAX दर्ता प्रमाण पत्र ( PAN वा VAT )
३) अधिकृत वारेसनामा – यहाँ बाट डाउनलोड गरेर नेपाली वा अंग्रेजी कुनै एकमा सहि छाप र विवरण भरि स्क्यान गरेर अपलोड गर्नु पर्ने हुन्छ ।
(अधिकृत वारेसनामाको नमुना डाउनलोड गर्नुहोस् : क्लिक गर्नुहोस् ( साइज ६३८ किलो बाइट ))

माथि उल्लेखित सबै कुरा तयार गरि सकेपछि चेक बक्समा “I have read, understood agree to the terms and conditions mentioned here.” चेक गर्नु पर्छ र रजिस्टर गर्नुपर्छ ।
रजिस्टर गरे पश्च्यात केहि समयमा बोलपत्रबाट इमेल आउने छ । रजिस्टर गर्ने बेला मा दिइएको इमेलमा बेग्ला बेग्लै इमेल बोलपत्रको सर्भर बाट अटो इमेल आउछ, जसमा लागिन गर्ने जानकारीहरु हुन्छ ।

तेस्पस्च्यात अर्को इमेल मा युजर नेम र पासवर्ड आउछ ।

युजर नेम र पासवर्ड सुरक्षित राख्नु पर्छ, अब सोहि उजर नेम र पासवर्ड मार्फत https://bolpatra.gov.np/egp/ मा गई बोलपत्र सम्बन्धि जानकारी हरु हेर्न ल टेन्डर प्रक्रिया अगाडी बढाउन सकिन्छ ।
बिस्तृत जानकारी तथा परामर्श को लागि सम्पर्क : ९८५२०२५७३५ मा गर्न सकिने छ
नोट : नमुनाहरु तल दिइएको छ
१) संस्था दर्ता प्रमाणपत्र

२) प्यान

३) वारेसनामा
