बिधुत महसुल सम्बन्धि जानकारी
अनलाइन मार्फत बिद्युत महसुल हेर्ने तरिका
कोरोना महामारी संगै अनलाइन शिक्षा, गुगल मिट, जुम, भिडियो कन्फ्रेंसिंग, वेबिनार, अनलाइन बेंकिंग हुदै प्रबिधिले उच्च गतिमा प्राथमिकता पाउदै आएको छ । भर्खर मात्र अनलाइन मार्फत केहि थोरै बर्ष देखि सुरु भएको अनलाइन बिद्युत महसुल भुक्तानी गर्ने संयन्त्र आयो जसले घन्टौ सम्म लाइनमा लाग्ने, ढिलो हुदा फाइन तिर्नु पर्ने बध्यतालाइ निर्मुल नै गर्यो । सहर मात्र हैन, गाउ-गाउमा पनि अनलाइन मार्फत नै बिद्युतको महसुल तिर्ने ग्राहकहरु बढ्दै गएका छन् । हालै मात्र आएर नेपाल बिद्युत प्राधिकरणले आफैले अनलाइन मार्फत बिद्युत महसुल सम्बन्धि जानकारी दिने उदेश्य अनुरुप “अनलाईन मिटर रिडिङ प्रणाली” को विकास गरेको छ ।
प्रबिधिको प्रयोग मार्फत अब आफै बिद्युत मिटर रिडिंग गर्न सक्ने बेवास्थाको सुरुवात भयो । अनलाइन मार्फत मिटर रिडिंगको विवरण बुझाउने जानकारी सहज होस् भनि क्रमबद्द रुपमा त्यस सम्बन्धि तरिकाहरु तल उल्लेखित गरिएको छ ।
रजिस्ट्रेशन
सुरुमा रजिस्ट्रेसन गर्नका लागि ल्यापटप, डेस्कटप वा मोबाइल फोनको ब्राउजरमा गएर https://consumer.nea.org.np/ लिंक टाइप गरि वेबसाइट खोल्नु पर्दछ ।
युजर लगिन भन्ने बक्स मा “Register” मा क्लिक गर्ने

त्यस पश्च्यात अर्को पेज खुल्ने छ, सो पेजमा तल देखाए जस्तै गरि आफ्नो विवरण भर्ने (बिलमा भएको विवरण हुबहु मिल्ने गरि) साथै इमेल एड्रेस पनि राख्ने

सम्पूर्ण विवरण भरे पश्च्यात, “Consumer sign up successfully” भन्ने म्यासेज आउछ,

अब दाहिने साइडमा युजर लागिनमा आफ्नो युजर नेम (मोबाइल नम्बर) राख्ने अनि साइन अप गर्दाको पासवर्ड राखेर “Login” मा क्लिक गर्ने ।

“Login” मा क्लिक गरे पश्च्यात वेलकम पेज आउछ । जसमा साइन अप ( सुरुवाती चरण को विवरण) गर्दाको नाम, मोबाइल नम्बर, अनि इमेल ठेगाना देखाउछ साथै Registered Consumers (दर्ता भएका ग्राहाकहरु) भन्ने देखिन्छ जसमा अब “Add Consumer” मा क्लिक गर्नु पर्दछ ।

Consumer Registration Form (ग्राहक रजिस्ट्रेशन फारम) मा DCS Name (बिद्युत महसुल भुक्तानी) गर्ने शाखा छान्नुपर्ने हुन्छ, सो छान्नुहोस् (विवरण बिद्युत महसुल बिलमा नै उल्लेख गरिएको हुन्छ) Consumer Id (बिलमा नै उल्लेख गरिएको हुन्छ – त्यो नम्बर मात्र हुन्छ) भर्नुहोस् साथै Consumer Number (SCNO ) जस्तै – 025.15.205 बिलमा भए जस्तै भर्नुहोस्, तेस्पस्च्यात “Submit” गर्नुहोस

(भरिएको विवरणको नमुना)

“Submit” गरे पश्च्यात दर्ता भएका ग्राहकहरुको विवरण (सुरुमा खालि हुन्छ) देखिन्छ, अनि “Action” को तल “CLICK” मा क्लिक गर्नु पर्दछ ।

Verify consumer details ( ग्राहक रुजु गर्न )
मीटर बक्सको फोटो खिचेर अपलोड गर्नु पर्ने हुन्छ । फोटोको साइज १ मेगाबाइट भन्दा सानो हुनु पर्दछ साथै फाइल .jpg .png वा .gif फर्म्याटमा हुनु पर्दछ ।

बिद्युत मिटरमा भएको विवरण अध्यावधिक गर्ने
माथिका सम्पूर्ण विवरण भरे पश्च्यात (दर्ता भएका ग्राहकहरु) मा जानु पर्दछ ।

तेस्पस्च्यात “Action” को तल “CLICK” मा क्लिक गरि हालको महिना छान्नु पर्दछ अनि मिटरमा भएको युनिट राख्नुपर्दछ ।

नोट : नेपाल बिद्युत प्राधिकरण को वेबसाइटमा देखाए अनुसार – मिटरको अन्तिम दायाँमा देखिने फरक प्रकारको अंकलाई छोडेर बाँकि यथार्थ अंक राख्नुहोला, AVON मिटरको हकमा मिटरमा रहेको रातो बटनमा तीनपटक थिचेपछि देखिने अंक र GENES मिटरको हकमा मिटरमा रहेको कालो बटनमा चार पटक थिचेपछि देखिने अंक राख्नुहोला ।

Meter Reading Entry Form (मिटर अंक हाल्ने फारम )
महिना छान्नुहोस्, अनि Current Reading Entry Form मा अंक मात्र भर्नुहोस् ।

त्यस्पस्च्यात “Are you Sure ???” भन्ने म्यासेज पप हुन्छ । आफ्नो सहज अनुसार “Ok” वा “Cancel” गर्नुहोस ।

भरिएको विवरण अनुसार खपत भएको युनिट सम्बन्धि म्यासेज पप हुन्छ त्यस अनुसार Ok वा Cancel गर्नुहोस ।

Ok गरे पश्च्यात भरिएको विवरण अनुसार खपत भएको युनिट र तिर्नु पर्ने रकम देखिन्छ ।

धन्यबाद