04 11

क्लाउड स्टोरेज

सुचना प्रबिधिको बिकास र बिस्तार सगै, यसको सेवा अनि सुबिधाहरुको ब्यापक बिस्तार भएको छ । हिजोको दिनहरुमा डाटा स्टोरेजको माध्यम फ्लपी, सिडि, हार्डडिक्स, टेप ड्राइभ,डिभिडि हुदै ब्ल्यु रे डिसमा सम्म आएको छ साथै समय अनुसार यसलाई प्रयोगात्मक पनि बनएको छ ।

कुनै फायल लाई पेन ड्राईभमा बोकि हिड्नु पर्ने कुरा लाई अब क्लाउड स्टोरेजका प्रदायक जस्तै ड्रप बक्स, मेगा, गुगल ड्राईभ, बक्स डट कम, स्काई ड्राईभ आदि जस्ता प्रदायकले हटाई दिएका छन ।क्लाउड स्टोरेज भन्नाले, इन्टरनेटमा रहेको एउटा स्टोर गर्ने ठाउ बनाउने बुझ्नु पर्छ यसमा कम्प्युटरमा जस्तै बिभिन्न फोल्डर बनाइ फायलहरु मिलाएर राख्न सकिन्छ अनि यसको अर्को राम्रो सुबिधा भनेको यो फोल्डरहरु लाई जुनै पनि कम्प्युटरको कुनै पनि ड्राइभको फोल्डरमा सिन्क्रोनाइज गर्न सकिन्छ जसले गर्दा राखिएको फायलको कपि क्लाउडमा पनि सेभ भएर बसि रहन्छ ।

कम्प्युटर वा ल्यापटपको सी ड्राइभमा सबै लोकल फोल्डरहरु जस्तै माइ पिक्चरस,माइ डकुमेन्टस, डाउनलोड्स अनि डेक्सटपका फायल र फोल्डरहरु कुनै पनि समस्या जस्तै अपरेटिङ्ग सिस्टमको बुट फेल, ल्यापटप हराउने अनि अरु फिजिकल समस्या जस्तै चोरि हुने ड्यामेज हुने वा नया कुरा हुँदा महत्वपुर्ण डाटा नस्ट हुन सक्छ,यसको लागि क्लाउड स्टोरेजको कुनै पनि प्रदायक बाट सेवा लिदा यो समस्यामा पर्न बाट जोगिन सकिन्छ ।

सबै क्लाउड स्टोरेजका प्रदायकहरु लाई कुनै पनि अपरेटिङ्ग सिस्टममा चलाउन सकिन्छ, साथै यो सबै प्रदायकका सुबिधाहरु डिमाइस फ्रेन्डली पनि हुन्छन, जस्तै यो कुनैै पनि सुबिधा विन्डोज, म्याक, एन्ड्रोइड, आइ ओ यस् र आदि प्राय: जेमा पनि अपरेटिङ्ग सिस्टममा चलाउन सकिन्छ ।

प्राय: कुनै पनि संस्थामा आफ्नै संस्था भित्र बिभिन्न फायलहरु इमेल बाट ट्रान्स्फर गरि रहनु पर्ने झन्झटिलो हुन आउछ । यस्ता समस्याका लागि कुनै पनि फोल्डर आफ्नो सहकर्मी वा अर्को प्रयोगकर्ता लाई सोहि फोल्डर मात्र वा सबै फोल्डर हेर्न दिने व्यवस्था मिलाउन पनि सकिन्छ ।

समग्रमा भन्नु पर्दा क्लाउड स्टोरेज यस्तो सुबिधा हो जस्ले तपाईले ईन्टरनेटमा राख्नु भएको सबै फायललाइ तपाईले जुन सुकै ठाउमा बसेर पनि सजिलै प्राप्त गर्न सक्नु हुन्छ, इमेलमा अर्काईभ राख्ने, अर्को इमेलमा पठएर फायल सेभ गर्ने समस्या बाट मुक्त हुन सकिन्छ ।

क्लाउड स्टोरेजका सेवाहरु सिमित क्यापासिटी सम्म निशुल्क नै पाइन्छ, जुन निशुल्क सेवामा हामी हाम्रो डकुमेन्टस, फाइल, अनि नयाँ थुपै कुरा राख्न सक्छौ, केहि अग्रपङ्गतिका क्लाउड स्टोरेज सेबा प्रदायकहरु निम्न बमोजिम छन र यसको कम्प्यारिजन निम्न छन

ड्रपबक्सले सुरुमा २ जिबि स्पेश दिए पनि साथिहरुलाई इन्भाइट गर्दा निशुल्क प्रदायक पहिलो पल्ट ५०० एम बि स्पेश प्रदान गर्दछन, जुन १६ जिबि सम्म इन्भाइट गरेर प्राप्त गर्न सकिन्छ अफरहरु अनुसार फ्रि स्पेस पनि बढाउन सकिन्छ । जसको लागि सेबा प्रदायकहरुको न्युज लेटर साइन इन गर्नु पर्ने हुन्छ, जसले गर्दा नया सेवा वा कुनै अफर आउदा आफ्नो इमेलमा त्यस बारे जानकारी लिन सकिन्छ ।

माथिका सेवामा गुगलले गुगल ड्राइभको सुबिधा सबै इमेल एकाउन्टहरु लाइ प्रदान गर्दछ र यो सेवा गुगलको सर्भरमा होस्ट हुन्छ भने वान ड्राइभको सुबिधा सबै हटमेल, लाइभ र आउटलुक डट कमका इमेलमा पाउन सकिन्छ, ड्रपबक्सको सेवा एमाजोनको सर्भरमा होस्ट भएको हुन्छ जुन अत्यन्त प्रभाबकारी छ ।

क्लाउड स्टोरेजमा रहेको फायलहरुलाइ प्राइभेट अनि पब्लिक पनि गर्न सकिन्छ भने इमेल, फेसबुक वा नया कुनै इन्सटेन्ट म्यासेज मार्फत लिङ्क सेयर पनि गर्न सकिन्छ, बक्स डट कमको सुबिधामा बिशेष किसीमको सुबिधा छ जस्ले गर्दा कुनै पनि फोल्डरहरुलाई सोझै वेबसाईटको कुनै पनि पेजमा इमवेड गर्न सकिन्छ फोटो,फायल, अफिसियल फायल अनि अरु थुपै किसीमका फायलहरु लाई क्लाउड स्टोरेजको माध्यम बाट सधै भरिको लागि सुरक्षित गर्न सकिनुका साथै यसलाइ चाहिएको बेला थप्न पनि सकिन्छ । क्लाउड स्टोरेजको सेवा लाई कम्प्युटर वा ल्यापटपको फोल्डरमा गएर सोझै कुनै पनि फायलहरु लाइ इडिट गरि त्यहि पनि सेभ गर्न सकिन्छ मल्टिपल युजरले इडिट गर्नु पर्ने फायल लाई इमेल नगरि त्यहि फायल लाई पालै पालो सबै मिलाएर थपघट गर्न पनि सकिन्छ ।

निशुल्क सेवा देखि बाहेक,पेड सर्भिसेसमा अझ बढी स्टोरेजको सेवा लिन सकिन्छ ।

Pracas Infosys
Pracas Infosys
pracasinfosys

Pracas Infosys is an Information Technology Consulting firm located at Kathmandu & Biratnagar, Have been serving since 2007 & providing services like Website Development, Corporate and Business Email service, Search Engine Optimization, Digital Marketing, Business Management, Corporate Branding and IT Consultancy in Nepal.