facebook marketing nepal
07 29

फेसबुक मार्फत ब्यापार प्रवर्धन

फेसबुक मार्फत कुनैपनि व्यापार व्यवसाय, सेवा, उत्पादन साथै अन्य कुनै पनि जानकारी आफुलाई चाहिएको वर्ग, समूह, लिङ्ग, रुचि साथै अन्य विभिन्न कुरालाई देखाउन सकिन्छ । अहिले प्राय: सबै व्यापार व्यवसाय आदि फेसबुकको दायरामा छन् । फेसबुकले कुनैपनि कुरालाई सजिलै ब्राण्डिङ्ग गर्न सहयोग गर्दछ।

कर्पोरेट सोसियल रेस्पोंसिबिलिटी अन्तर्गत यस्ता फेसबुकमा ब्रान्डिंङ्ग गर्ने पेजहरुले आफ्नो पेजमा समय समयमा विभिन्न जानकारीमुलक कुराहरुलाई प्रबर्दन समेत गर्दै गरेको पाइएको छ। वर्ग, समूह, लिङ्ग, रुचि साथै अन्य विभिन्न कुराहरुलाई टार्गेट गर्न सकिन्छ।

कुनै पनि ब्रान्ड, सेवा आदिलाई फेसबुक मार्फत प्रवर्धन गर्न निम्न कुराहरुको आवश्यकता पर्दछ:

फेसबुक, सोसियल मिडिया मार्केटिंग अन्तर्गत पर्ने एउटा अचुक मार्केटिंङ्गको प्रविधि हो । फेसबुकमा कुनैपनि प्रयोगकर्ताले आफ्नो प्रोफाइल बनाउदा आफ्नो नाम, ठेगाना, उमेर, पेशा, रुचि आदि विभिन्न कुराहरु फेसबुकले सो प्रोफाइल राख्ने र प्रोफाइल बनाउदा, फेसबुकले सो प्रोफाइलको सम्पूर्ण रेकर्ड राख्दछ र फेसबुकमार्फत विज्ञापन देखाउने प्रक्रिया अन्तर्गत त्यो प्रोफाइललाई टार्गेट गर्नेगरि विज्ञापन देखाउन सहयोग गर्दछ । ३१ डिसेम्बर २०१८ सम्मको आँकडा हेर्दा नेपालमा १३ देखि ६५ वर्षका प्रयोगकर्ताहरु लगभग ८७,००,००० छन्। व्यापार र ब्राण्डिङ्गको लागि फेसबुक एकदममै उपयोगी माध्यम हो । यसले ब्रान्ड र ब्रान्डकर्ताहरुको सम्बन्धलाई प्रगाढ बनाउँछ । म्याजिक चप्पल लगाउने मान्छेले फेसबुकमा म्याजिक चप्पलको फोटो वा ब्यानर देख्दा आफ्नो अनुभव गर्दछ ।

फेसबुक मार्केटिङ्गले सजिलै र सस्तो संग व्यापारलाई संसारको एक कुनाबाट अर्को कूनामा सहि प्रयोगकर्तालाई विज्ञापन देखाउन सहयोग गर्दछ । उदाहरणका लागि आइफोन ८  चलाउने प्रयोगकर्तालाई मात्र आइफोन १० बजार मा नया आएको छ भन्ने देखाउन सकिन्छ । जसले गर्दा आफुले चाहेको व्यापार क्षेत्रमा मात्र विज्ञापन गर्न सकिन्छ वा आफुले चाहेको ग्राहकलाई सजिलैसंग विज्ञापन देखाउन सकिन्छ ।

१. सम्पूर्ण कुरा राख्नुहोस:
आफ्नो सस्थाको फेसबुक पेजमा संस्था सम्बन्धि सम्पूर्ण जानकारी, जस्तै फोन नम्बर, इमेल एड्रेस, वेब साइटको एड्रेस अनि संस्थाको जानकारी वा कुनै पनि प्रोडक्ट भए प्रोडक्टको प्राइस रेन्जहरु सबैले बुझ्नेगरि राखीदिने। यसले गर्दा तपाईको संस्था कस्तो हो भनेर ग्राहक वा सेवाग्राही हरुले सजिलै बुझ्न सक्नेछन ।

२. सेयर गर्न लगाउनुहोस:
आफ्नो साथी, कामगर्ने कर्मचारी, चिनेजानेको साथीहरुलाई तपाईको फेसबुक पेज लाइक गर्न वा सेयर गर्न लगाउनुहोस् जसले गर्दा साथीहरुको फ्रेन्ड लिस्टमा भएका साथीहरुले तपाईको पेज थाहा पाउन सक्नेछन् ।

३. वेबसाइटमा सोसियल प्लगीन राख्नुहोस:
आफ्नो सस्थागत वेबसाइटमा फेसबुकको सोसियल प्लगिनहरु राख्नुहोस, जसले गर्दा वेबसाइट भिजिट गर्ने मान्छे ले तपाई को सोसियल मिडियाको स्टाटस हेर्न वा लाइक गर्न सक्नेछन, फीड डिस्प्ले गर्ने अप्सन भएमा झन् त्यहि वेबसाइटमा फेसबुक पोस्ट गरिएको कुराहरु देख्न सक्नेछन ।

४. फेसबुक पेज संग रिलेटेड कुरा राख्नुहोस:
आफ्नो संस्थाको फेसबुक पेजमा तपाईको फेसबुक पेजसंग रिलेटेड कुराहरु राख्नुहोस, जसले गर्दा फेसबुक पेजमा लाइक गरेका फ्यानहरुले जानकारी प्राप्त गर्न सक्नेछन ।

५. फेसबुक मार्फत स्पोंसार्ड विज्ञापन गर्नुहोस:
आजकल फेसबुक मार्फत स्पोंसर विज्ञापन पनि देखाउन सकिन्छ, स्पोंसड एड्स मार्फत, आफुले फेसबुक युजरहरुलाई सजिलै विज्ञापन देखाउन सकिन्छ । उदाहरणका लागि बिराटनगर बस्ने ३६ वर्ष को पुरुष जसलाई फुटबल को इन्ट्रेस्ट छ भने सो युजर जस्तैलाई फुटबल सम्बन्धि विज्ञापन देखाउन सकिन्छ ।

६. फेस्टीभ ग्रिटिंग:
दशैं, तिहार, होलिजस्ता विभिन्न अवसरहरुमा आफ्ना ग्राहकहरुलाई शुभकामना दिनुहोस, इमेज इडिटिंग प्रोग्रामहरु जस्तै फोटोसप, कोरेल ड्र, इलुस्ट्रेटर, इन डिजाइनहरु प्रयोग गरेर राम्रो किसिमको विज्ञापन तयार गरेर राम्रो र सुहाँउदो क्याप्सन राखी ब्यानर अपलोड गर्नुहोस।

७. लोकेसन टार्गेटिङ्ग:
नेपालगन्जमा मात्र विज्ञापन देखाउनुछ भने नेपालगन्जमा बस्नेलाई मात्र विज्ञापन देखाउनुहोस, डडेल्धुरामा बस्ने मान्छेले तपाइको विज्ञापन हेर्दा संस्थाको प्रबर्दन त होला तर रेस्पोन्स डाइरेक्ट रिटर्न नआउन सक्छ । लाइक हुनु, फेसबुक युजरहरु इन्गेज हुनु ठुलो कुरा भन्दा पनि आफ्नो उत्पादन बिक्रि हुनु महत्वपुर्ण कुरा हो ।

Pracas Infosys
Pracas Infosys
pracasinfosys

Pracas Infosys is an Information Technology Consulting firm located at Kathmandu & Biratnagar, Have been serving since 2007 & providing services like Website Development, Corporate and Business Email service, Search Engine Optimization, Digital Marketing, Business Management, Corporate Branding and IT Consultancy in Nepal.