March 20 2019

वेबसाइट कसरी प्रबर्दन गर्ने

वेबसाइट आजकल परिहर्य बस्तु बनि सकेको छ,संस्थागत परिचय दिन होस् या अनलाइन मार्फत कुनै समान बेच्नु पर्ने होस, सुचना समाचार आदि विभिन्न कुराहरुको लागि वेबसाइट बनाइएको हुन्छ, बिराटनगर भनेर गूगलमा सर्च गर्दा हजारौ रिजल्ट आउछन, स्कुल्स इन काठमाडौँ, होटेल्स इन नेपाल, बिराटनगर हस्पिटल, सौराहा होटल्स जस्ता कुरा खोज्दा सम्बन्धित् संस्थाको वेबसाइट छ भने सोहि सस्था को वेबसाइट को लिंक देखा पर्छ भने , वेबसाइट नभएको खण्डमा अरु कुनै डाइरेकट्रि वा अन्य कुनै बैपारिक  संस्थाको वेबसाइटमा बुकिङ्ग गर्ने वा अन्य थोरै जानकारी आउछ ।

नेपालमा पनि वेबसाइटको माग धेरै नै बढी रहेको छ , काठमाण्डौ वा बिराटनगरका विभिन्न होटेल, स्कुल, कलेज, संघ संस्था देखि लिएर विभिन्न निकाएहरुले आफ्नो जानकारी, सूचना समाचार राख्नको लागि वेबसाइट बनाउने अनि पुरानो वेबसाइट लाइ रिडिजाइन गर्ने क्रम जारि छ ।

केहि बर्ष आगाडी भेडेटार भनेर गूगलमा सर्च गर्दा केहि नतिजा आउदैन थियो तर बिस्तारै होटेल मेजेस्टिक बाट वेबसाइट यात्रा सुरु भएको थियो । आहिले “होटेल भेडेटार” भनी सर्च गर्दा विभिन्न होटेलहरुको जानकारी सर्च रिजल्टमा देखिन्छन् ,
येसरी होटेलहरुको वेबसाइट हुदा , सर्च गर्ने व्यक्तिले होटेल को बारेमा जानकारी , रूमहरुको फोटो, अनलाइन बाट बुकिंग गर्ने, सम्पर्क ठेगाना हेर्ने साथै अन्य कुराहरुको जानकारी लिन सक्छन ।

यसै गरि होटेल तथा विभिन्न किसिमका व्यापार , सेवा , संस्था , उत्पादनहरुको वेबसाइट बनाई सके पछि के गर्ने , बनि सकेको वेबसाइटलाइ कसरी प्रबर्दन गर्ने भन्ने कौतुहुलता रहन्छ , सोहि वेबसाइट प्रबर्दन गर्ने विभिन्न प्रक्रिया हरु बुदा गत रुपमा उल्लेख गरिएको छ ।

कुनैपनी बनिसकेको वेबसाइटलाई प्रबर्दन सजिलै गर्न सकिन्छ, तल केहि तरीकाहरु दिईएकोछ । जसले वेबसाइटलाई प्रबर्दन गर्न सजिलो बनाउछ

फेसबुकमा पोस्ट गर्ने : बनाई सकेको वेबसाइटहरुलाई आफ्नो फेसबुक, संस्थाको फेसबुक, फेसबुक पेज, ट्वीटर मार्फत प्रोमोट गर्ने, साथै आफ्नो नेटवर्कमा रहनु भएको साथीहरुलाई वा चिने जानेको कसैलाई पोस्ट गर्न लगाउने ।

कम्मेन्ट गर्ने : रीलेटेड वेबसाइट वा कुनैपनि प्रबर्दन गर्न सकिने वेबसाइटहरुमा हाम्रो पनि वेबसाइट छ एकपल्ट हेरेर जानकारी लिनुहोला भनी कम्मेन्ट गर्ने, भेडेटार भ्रमण सम्बन्धि वा भेडेटारको जानकारी दिएको वेबसाइटमा आफ्नो होटेलको वेबसाइटको लिंक दिन सकिन्छ, जसले गर्दा त्यो पोस्ट पढ्ने या कम्मेन्ट गर्ने मान्छेहरुले त्यो वेबसाइटको लिंक खोलि हेर्दा वेबसाइटको जानकारी लिन्छन ।

यल्लो पेजेजमा पोस्ट गर्ने : वेबसाइटहरुलाई यल्लो पेजेजमा पोस्ट गर्ने , एल्लो पेज प्रिन्ट एडिसनका डाइरेकट्रि बुक या अनलाइनमा विभिन्न वेबसाइटहरुमा हुन्छन , प्राय: साना सब्मिस्सनहरु निसुल्क पनि हुन्छन । आफ्नो संस्था को जस्तै काम गर्ने प्रकृति भएको संस्थाको एल्लो पेजेज, लिस्टिंगहरुमा हाम्रो संस्थाको येस्तो अर्को किसिमको काम छ है भनी पोस्ट गर्न सकिन्छ ।

भिजिटिंग कार्ड : सजिलो र पुरानो उपाए , भिजिटिंग कार्ड बनाउदा आफ्नो संस्थाको वेबसाइट पनि राख्ने, भिजिटिंग कार्डहरु विभिन्न ठाउँमा पुग्ने , धेरैले हेर्ने हुदा सजिलै संग वेबसाइट को लिंक दिन सकिन्छ ।

लेटर हेड : प्रत्येक काममा अफिसिअल लेटर हेडको काम आउछ , यो विभिन्न ठाउमा पुग्छ , तेसैले अफिसिअल लेटर हेडमा वेबसाइटको नाम पनि राख्नु पर्दछ , जसले गर्दा जानकारी दिन सजिलो हुन्छ, संस्थाको फोन नम्बर परिवर्तन भयो भने वा केहि कुरा फेरबदल भयो भने वेबसाइटको ठेगाना ले सजिलै संग परिमार्जित कुरा लाइ देखाउछ ।

सर्च इन्जिन अप्टिमाइजेसन : बेसिक वेबसाइट अप्टिमाइजेसन प्राय गुगलले वेबसाइटहरु को कन्टेन्टमा भएको कुराहरु इन्डेक्स र क्रलिंगहरु आफै पनि हुन्छ , तर आफ्नो वेबसाइटलाइ धेरै नै प्रबर्दन गर्नु छ भने सोहि अनुरुप सर्च इन्जिन अप्टिमाइजेसन गरी सर्च रिजल्ट हरु बढाउन सकिन्छ, येस्तो अप्टिमाइजेसन वेबसाइट को येज ( वेबसाइट कति पुरानो छ ), ब्यक्लिंक , वेबसाइटमा  भएको कन्टेन्ट , वेबसाइट मा कोहि भिजिटर कति समय सम्म रहन्छन, त्यो पेज बाट कुन पेजमा जान्छन, बाउन्स रेट कस्तो छ आदि विभिन्न कुराहरुको आधारमा रिजल्टहरु तल माथि हुन्छ ।

कर्पोरेट ब्राण्डिङ्ग ः कर्पोरेट ब्राण्डिङ्ग गर्दा आफ्नो वेबसाइटलाइ प्रिन्ट गराउने,कफी कप होस् या स्कूलकोबस होस् , अफिसिअल टिसर्ट होस् वा क्याप होस् सबैमा वेबसाइटको एड्रेस प्रिन्ट गराऊन जरुरी छ ।

सोसिअल साइटस : सबै साइटहरुमा प्रोफाइल बनाई वेबसाइट पोस्ट गर्ने जस्तै, लिङ्क्डिन, युटुब, ट्वीटर, फ्लिकर, इन्स्टाग्राम आदि मा ।

फोटोग्यालरी : वेबसाइटको फोटो ग्यालरी पेजमा फोटो अपलोड गर्दा फोटोहरुमा आफ्नो संस्थाको नाम र डोमेन नेम वाटरमार्क गर्नुपर्दछ, जसले गर्दा फोटो जहाँ डाउनलोड  वा शेयर भएपनी वा अरुले युज गरे पनि आफ्नो संस्थाको डोमेन नेम भैरहन्छ ।

होर्डिंग बोर्ड : आफ्नो होर्डिंग बोर्डमा वेबसाइटको नाम राख्न सकिन्छ, विभिन्न कुराहरुको प्रचार प्रसार गर्दा ठुलो फन्ट साइजमा वेबसाइटको नाम राख्दा बाटो मा हिड्ने पैदल यात्री मात्र नभई सबै ले छिटो अनि सजिलै पढ्न सक्छन ।

इमेल सिगनेचर : इमेलमा सिगनेचर राख्ने सिस्टम हुन्छ, त्यो सिगनेचर राख्दा वेबसाइटको नाम पनि राखनुपर्छ , जुनसुकै इमेलको सेटिङ्ग्स मा यो सिस्टम हुन्छ ।

कस्टम इमेल : आफ्नो संस्थाको डोमेन नेमको इमेल चलाउने गर्दा वेबसाइट छ भने आफै थाहाहुन्छ, जसले गर्दा वेबसाइटको भिजिट बढाउन सकिन्छ ।

लिंक एक्सचेन्ज : वेबसाइटमा लिंक एक्सचेन्ज गर्ने पुरानो प्रक्रिया हो, तर यो भरपर्दो छ,  कुनै साथी वा अर्को मिल्दो जुल्दो को बिजनेसको वेबसाइटमा ब्यानर वा लिंक राखने सिस्टमलाई लिंक एक्सचेन्ज भनिन्छ । एसले गुगल मा र्याङ्क बढाउन सहज गर्दछ ।

फेसबुक पोस्ट प्रोमोटः वेबसाइट छ वा बाकी कुरा वेबसाइटमा हेर्नुहोस् भनी फेसबुकमा पोस्ट प्रोमोट गर्न सकिन्छ ।

एनाउन्समेन्ट, न्युज, ईभेन्ट्स : वेबसाइटमा कुनै पनि एनाउन्समेन्ट, न्युज, ईभेन्ट्सहरुलाई वेबसाइटमानै राखी प्रोमोट गर्न सकिन्छ ।

पत्रीकामा बिज्ञापन : स्थानिय स्तरमा प्रबर्धन गर्न पत्रिकामा बिज्ञापन पनि दिन सकिन्छ बिज्ञापन दिदा बिस्तिरित जानकारीको लागि वेबसाइट हेर्नुहोला भनि दिन सकिन्छ ।

एफएममा बिज्ञापन : एफ एममा बिज्ञापन दिदा, बाकी कुराको लागि लागि हाम्रो वेबसाइटमा हेर्नु होला भनी दिने गर्नाले वेबसाइटको बिज्ञापन हुन्छ ।

फेसबुक म्यासेज :  फेसबुकमा सबै कुरा राख्न सकिदैन, अनि फेरी यो फर्म्याट मिलेर पनि बस्दैन वेबसाइट तयार भयो भनी आफ्नो साथी , सेवाग्राही , ग्राहकहरुलाइ वेबसाइटको लिंक म्यासेजमा पठाऊन सकिन्छ ।

व्हाटस याप , भाइबर, व्ही च्याट : मोबाइल म्यस्सेंजिंग याप्सको माध्यम बाट म्यासेज गर्न सकिन्छ ।

यस्तै विभिन्न कुराहरुले गर्दा वेबसाइट भएको जनाककरी दिन सकिन्छ, वेबसाइटको भिजिट बढ्नु भनेको नै व्यापार बढ्नु हो , वेबसाइटले कुनै पनि व्यापार ब्यबसाय उत्पादनहरु लाई बिश्व ब्यापी रुपमा प्रबर्दन गर्न सहयोग गर्दछ ।

Sobitmaan Shrestha
Sobitmaan Shrestha
sobit

Sobitmaan holds 4 years of technological experience. He heads project management in Pracas Infosys. With his great interest in Data Analytical skills he makes major decision of marketing & planning.