Keepass-Interface
07 18

पासवर्ड बैंक

सजिला पासवर्डहरु तुरुन्त अरुले देख्न साथ सम्झिने, बृट फोर्स एट्याक, डीस्नेरी एटयाक मा सजिलै पत्ता लाग्ने हुनाले पासवर्डहरु गाह्रो राख्नुपर्छ भन्ने सबैलाई जानकारी मा आएको कुरा हो । पासवर्ड राख्दा अरुले गेस गर्न नसक्ने नाम, ठेगना, फोन नम्बर , मोबाईल, डीसनेरिका वर्ड ,१ देखि ८ , 00 आदि जस्ता शब्द राख्नाले पासवर्ड चोरी हुने र आफ्नो जानकारी लीक हुने डर हुन्छ ।

यस्तै समस्या बाट बच्नकोलागि पासवर्डहरु स्टोर गर्ने सफ्टवेयरहरु हुन्छ , जून फ्री वर्सन र पेड वर्सन दुवैमा उपलब्ध छ । कीपास भन्ने एउटा पासवर्ड राख्ने सफ्टवेयरले बिभिन्न  ग्रुपमा पासवोर्डहरु सेभ गर्छ ।

कहेलेकहिँ, कुनैपनि कम्पनीको पासवर्डहरु ह्याक हुदा पुरै युजरहरुको पासवर्डहरुनै ह्याकर्सहरुले लीक गर्ने हुन्छ । जसले गर्दा एउट्रै पासवर्ड सबै तिर भएमा पासवर्डहरु सेफ हुदैनन् ,तेसैले विभिन्न कुराहरुको लागि बेग्ला बेग्लै पासवर्ड राख्नु पर्छ , जीमेलको पासवर्ड फेसबुक संग नमिल्ने अनि फेसबुकको पासवर्डहरु संग नमिल्ने हुनुपर्दछ ।

कीपसले पासवर्ड क्रीएट गरेको टाइम , लास्ट एक्सेस गरेको टाइम ,अनि एक्सपायर हुने सबै टाइमलाई ट्रयाक गरिरहन्छ , जसले गर्दा कुन पासवर्ड कहिले बनएको ,कहिले एक्सपायर हुने आदि सबै कुराको जानकारी पाउन सकिन्छ । सेभ गरेको पासवर्ड हरुलाई अरु ठाउँमा कपी गरेर पेस्ट गर्नको लागि डबल क्लिक गर्नुपर्छ , क्लिपबोर्ड टाइम अनुसार बढाउन सकिन्छ, १२ सेकेन्डको डीफल्ट टाइम लाई सेटिंग मा गएर ६० देखि अरु बढाउन सकिन्छ ।

कीपासका विशेषताहरु

कीपासमा पासवर्ड सेभ गरेर राख्न निक्कै नै सजिलो हुन्छ , यसले पासवर्ड हराउने डर हुदैन साथै पासवर्ड याद गर्ने झंझटबाट मुक्त हुन सकिन्छ । यो अति नै भरपर्दो सफ्टवेयर भएकोले गर्दा यस्लाई जूनसुकै बेला जहाँबाट पनि उपयोग गर्न सकिन्छ साथै यस्मा पासवर्ड हरु सेभ हुदा ए इ स् २५६ बिट हाइ इन्क्रिप्सनमा सेभ हुने हुन्छ । सबै पासवर्डहरुको अटोमेटिक्ली इस्ट्रेनथ र क्वालिटि हेर्न सकिन्छ ।

कीपसका विशेषताहरु निम्न लिखित छन्

  • मेजर डटाबेस फर्माटमा कीपसका पासवर्ड युजर नेम लिंकहरु आदि एक्सपोर्ट वा इम्पोर्ट गर्न सकिन्छ
  • पासवर्डहरु बिभिन्न साइज वा लेन्थमा ओटो जेनरेट गर्न सकिन्छ
  • कीपास पोर्टएबल फर्म्याट पनि उपलब्ध हुने भएकोले , यसलाई पेनड्राइभ वा अन्य कुनै मेमोरी कार्ड वा डीवाइसमा राखेर चलाउन सकिन्छ
  • ग्रुप आनुसार पासवर्डहरु सेभ गर्न सकिन्छ
  • सजिलै संग पासवर्ड सेभ गर्न सकिन्छ
  • सेभ गरेको पासवर्डहरु सजिलै सँग खोज्न सकिने
  • कीपासहरु बिभिन्न भाषामा उपलब्ध छ
  • ओपन सोर्स लाईसेन्स साथै अन्य धेरै सुबिधाहरु

पासवर्ड कसरी मल्टिपल डिभाइसमा सिन्क्रोनाइज गर्ने ?

कीपास मल्टिपल डिवाइश  सिङ्क्रोनाइजेसन्मा उपलब्ध छैन तर यसैलाई एउटा सानो तरिका बाट मल्टिपल डीवाइश अनि जून ठाउँ बाट पनि सजिलै एक्सेस गर्न सकीन्छ ।

स्टेप १ : पहेला कीपास.ईन्फो  www.keepass.info भन्ने वेबसाइट बाट सफ्टवेयर डाउनलोड गर्ने ।

स्टेप २ : कम्प्युटर /ल्याप्टप्  को ड्रपबक्स, इस्काइ ड्राइभ, गूगल ड्राइभ आदि मा एउटा फोल्डर बनाउने ।

स्टेप ३ : अब नयाँ कीपास को फाएल बनाउने र आफुले सम्झिने मास्टर पासवर्ड राख्ने ।

स्टेप ४ : न्यु इन्ट्री गर्ने र टाइटेल , युजर नेम ,पासवर्ड ,अनि वेबसाइट को लिंक राख्ने (वेबसाइट को लिंक नराखी पनि इन्ट्री गर्न सकिन्छ ) ।

स्टेप ५ :अब यसलाई क्लोज गर्ने ,अनि कुनै पनि डीभाइस् जस्तै ,आइ फोन ,आइ प्याड ,स्मार्ट फोन आदि बाट यसलाई  एक्सेस गर्न सकिन्छ ।

मोबाइलमा मात्र पनि यसलाई उपयोग गर्न सकिन्छ ,तर ड्रपबक्स ,वानड्राइभहरुमा सिन्क गर्दा सबै तिर सिङ्क्रोनाइजेसन् हुने हुनाले आफुलाई जून बेला जहाँ पनि सजीलै एक्सेस गर्न सकिन्छ । कीपास सफ्टवेरमा ,वेबसाइट ,इमेलका लगइनहरु एटीयमको पिन ,आफ्नो प्राइवेट इन्फरमेसनहरु स्टोरे गरेर राख्न सकिनछ ,एउटा मास्टर पासवर्डले सबै पासवर्डहरु हेर्न सकीन्छ । मास्टर पासवर्ड राख्न केस सेंसीटीभ फरमाटमा राख्नु पर्छ साथै , नुमेरिक र सिम्बोलहरु राख्दा अरु लाई गेस गर्न गाह्रो हुनाले पासवर्ड  हरु सधै सुरक्षित हुन्छ ।

 

 

Pracas Infosys
Pracas Infosys
pracasinfosys

Pracas Infosys is an Information Technology Consulting firm located at Kathmandu & Biratnagar, Have been serving since 2007 & providing services like Website Development, Corporate and Business Email service, Search Engine Optimization, Digital Marketing, Business Management, Corporate Branding and IT Consultancy in Nepal.