03 20

वेबसाइट निर्माणका आधारभुत कुराहरु

संस्थागत तथा व्यापारिक दृष्टिकोणले वेबसाइट बनाउदा धेरै नै ध्यान दिएर बनाउनु पर्ने हुन्छ, वेबसाइटले नै संस्थाको छबि  उच्च पर्ने तथा संसारको कुनै पनि कुनाबाट हेर्न ग्राहक वा सूचना लिने व्यक्तिलाई संस्थाको वस्तुस्थिति, सेवा सुविधा छर्लङ्ग पार्न सहयोग गर्दछ ।

वेबसाइट विभिन्न कीसिमको हुन्छ, आफ्नो संस्थाले देखाउन खोजेको कुरा राम्रोसंग अनि छिटोछरितोरूपले प्रस्तुतिकरण गर्ने वेबसाइटले नै ग्राहक वा सेवाग्राहीले दिन सक्ने वा ब्राउज गर्ने समयलाई मध्यनजर गर्दै तेसअनुरुप बनाउनु पर्ने हुन्छ तर यी सबै कुराहरु गर्नु भन्दा पहिले, वेबसाइट बनाउने संस्थाले आफ्नो संस्थागत वेबसाइट के कस्तो बनाउनु पर्छ भन्ने जानकारी नहुदा वेबसाइट बनाउने संस्थालाई अलि असहज हुने साथै त्यस्तो कुरा मिलाएर गर्दा सजिलो संग राम्रो रिजल्ट दिन सकिने हुन्छ ।

आफ्नो संस्थाको वेबसाइट बनाउनु पर्दा, आफ्नो जस्तै संस्थाहरुको वेबसाइट कस्तो छ , के स्थिति छ , भनि हेर्नाले केहि सिमित जानकारी पाउन सकिन्छ, त्यसमा के के कुराहरु समावेश गरिएको छैन र के समावेश गर्दा आफ्नो संस्थाको वेबसाइट उत्कृस्ट बनाउन सकिन्छ त्यो विचार गर्नु जरुरी हुन्छ ।


वेबसाइटमा कुनकुन पानाहरु , जस्तै होम, अबाउट अस , फिडव्याक, ग्यालेरी, कनट्याक, सर्विसेस, प्रोडक्ट अनि लोकेशन म्याप आदिहरु के के राख्ने भनेर एउटा प्लाननिंग गर्नु पर्छ, जस अनुसार वेबसाइटको सो पानाहरुमा यी यी कुराहरु समावेश गर्न सकिन्छ भन्ने कुरा तयारी हुन्छ ।

वेबसाइटको विभिन्न ठाउँहरुमा राख्ने फोटोहरुलाई पनि एउटा फोल्डर बनाई राख्नु पर्छ, सोहि फोल्डरमा, ग्यालेरीमा कुन कुन फोटो राख्ने , वेबसाइटको हेडर स्लाइडशोमा के के राख्ने, अन्य पेज मा के  के राख्ने भन्ने कुरा छुट्टियो भने अझै सजिलो हुन्छ ।

संस्थाको उदेश्य, नाम, संस्थाले गर्ने काम आदिको सानो परिचयलाई वेबसाइटको टाइटलमा राखिने हुनाले त्यो मिलाएर राख्न जरुरी छ , स्मरण रहोस ; गूगलमा सर्च गर्दा सोहि टाइटल, मेटा ट्यागस्, अनि डीस्क्रिप्शनको सहायताले गर्दा पनि वेबसाइटको लिस्टिंग तल वा सुरुमा हुन आउछ ।

वेबसाइटको डिजाइनर अनि डेवलपरले बनाएको वेबसाइटले नै वेबसाइट ब्राउज गर्ने सेवाग्राहीहरु लाई आकर्सित गर्ने हुनाले, वेबसाइट बनाउदा सहि रंगहरु मिलाएर बनाउनु पर्ने हुन्छ, वेब सेफ कलर्सहरुलाई ध्यानमा राखि, हल्का कलर्सहरुको समिश्रणबाट , आफुलाई चाहिएको लेआउट स्केच गरेर पनि तयारी गर्दा राम्रो हुन्छ ।

वेबसाइटमा अरु थर्ड पार्टी प्लगइनस्हरु के के राख्ने भन्ने कुराको पुर्व निर्धारण हुनु पर्दछ, जस अनुसार,फेसबुकको प्लगइनहरु, ट्वीटरका विजेट अनि फेसबुक, डीसकसका कमेन्ट गर्ने प्लगइनहरु पनि राख्न सकिन्छ । आफुलाई चाहिएको प्लगइनहरु कुन कुन पेजमा राख्ने भनि तयारी गर्नु नै बेश हुन्छ, साथै विभिन्न सोसीयल मीडियाहरुमा शेयर गर्ने प्लगइनहरु राख्नले ब्राउज गर्ने भिजिटरले आफु लाई मनपरेको खण्डमा शेयर गर्ने गर्दछन् ।

संस्थाको लोकेशन म्याप गुगल म्याप्समा भेरीफाइ गर्नाले गूगलमा सर्च गर्दा संस्थागत लोकेशन पनि देखिने हुनाले वेबसाइट बनाउन पुर्व त्यो म्याप भेरीफाइ गर्नाले वेबसाइटको कनट्याक वा लोकेशन म्याप भन्ने पेजमा त्यो कुरा राख्न सकिन्छ ।

वेबसाइटको लागि बनाएका टेक्स्टहरु इंग्लिसमा छन् भने त्यसको स्पेल्लिंगहरु राम्रो संग चेक गर्नु पर्दछ भने नेपालीमा भएको खण्डमा हर्सो दिर्घ आदि पनि सुरुमा नै मिलाउनु पर्दछ, गलत कुराले गलत सन्देश दिने साथै गलत स्पेल्लिंग वा  लेखाइले भोलिको दिनमा अरुलाई पनि गलत नै लेख्न सिकाउने हुन्छ ।

Pracas Infosys
Pracas Infosys
pracasinfosys

Pracas Infosys is an Information Technology Consulting firm located at Kathmandu & Biratnagar, Have been serving since 2007 & providing services like Website Development, Corporate and Business Email service, Search Engine Optimization, Digital Marketing, Business Management, Corporate Branding and IT Consultancy in Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *