03 20

सस्तो र महँगो वेबसाइट

सूचना प्रविधिको बिस्तारमा  वेबसाइटले प्रमुख भूमिका निर्वाह गर्दछ ,वेबसाइटले एक ठाउको सूचना ,समाचार, अडियो भिडियोहरुलाई एक कुना बाट अर्को कुनामा सजिलै संग पुर्याउन सहयोग गर्छ । आजकल विभिन्न कुराहरु , सूचना समाचार , जानकारी , फोटो भिडियो , कुनै पनि व्यक्ति विशेष, घटना , समाचार , रीजल्ट अनि जुनसुकै कुरालाई गूगलमा र्सच गरिने चलन चल्दै आएको छ । गूगलले अरु वेबसाइटमा भएको जानकारीलाई खोजेर रीजल्टमा देखाउने काम गर्दछ । कुनै पनि घटना जानकारी अनि यस्तै कुराहरुलाई विभिन्न वेबसाइटमा राखिएको हुन्छ।

न्युजका वेबसाइट, फोटोको वेबसाइट, समाचारको वेबसाइट , भिडियोको वेबसाइट अनि जानकारी मुलुक वेबसाइटहरु विभिन्न कीसिमका हुन्छन् । यस्तै बिभिन्न कीसिमका वेबसाइटहरु बनाउने खर्च पनि फरक किसिमका हुन्छन् । वेबसाइटको स्पेस, डोमेनको नाम , डेभलपमेन्ट मेथड , फ्रेमवर्क , सिस्टम, लेआउट आदि जस्तै कुराहरुले वेबसाइट निर्माण कार्यलाई महंगो र सस्तो पार्दछ । वेबसाइटको पेज संख्याको आधारमा वेब स्पेसको आधारमा, इमेलको संख्याको आधारमा, स्टाटिक तथा डाइनामिक वेबसाइटका आधारमा, अनि एप्लीकेशन तथा कोडीङ्ग , स्क्रिप्टका आधारमा पनि कम र बढी खर्च लाग्दछ ।

वेबसाइटको पेज, वेब होस्टीङ स्पेस, अनि वेब होस्टीङको क्वालिटी जस्तै: वेब होस्ट सर्भर कति प्रतिशत अपटाइम  हुन्छ त्यसको आधारमा पनि मुल्याकन हुन्छ । वेबसाइटका डिजाइन, पेज लोडिङ स्पीड, टेक्नोलोजी,  सर्भर मा भएको भएको स्टोरेज सिस्टम , स्क्रिप्ट , एप्लीकेशन होस्टीङ, वेब स्पेसको आधारमा सस्तो महँगो हुन्छ अनि त्यस अनुसार नै के कति लागत लाग्ने हो निर्णय हुन्छ । विभिन्न वेबसाइट निर्माण गर्ने कम्पनीहरुले वेबसाइट प्याकेज अनुसार मूल्य निर्धारण ग रेका हुन्छन अथवा आफै चाहेको रकम अथवा बजेट अनुसार पनि वनाउन सकिन्छ ।

वास्तवमा भन्ने हो भने सेवा तथा सुविधा अनुसार वेबसाइटको शुल्क सस्तो र महँगो हुन जान्छ । ग्लोबल मार्केटमा तपाईको उत्पादन , संस्थाको चिनारी , परिचय , तपाईको कार्यक्रम , अन्य विवरण ,फोटो भिडियोहरु आदिलाई वेबसाइटको माध्यमबाट प्रबर्धन गर्न सकिन्छ। राम्रो वेबसाइटले राम्रो प्रस्तुति गर्दछ भने नराम्रो वेबसाइटले नराम्रो नै प्रस्तुति गर्दछ । वेबसाइट बनाउनु भनेको घर बनाउनु जस्तै हो, कस्तो बनाउने , केके बनाउने , कहाँ कहाँ के के राख्ने, जसरी घर बनाउदा राम्रो सिमेन्ट, छड, रंग आदि मिलाई कुसल कामदार बाट बनाइन्छ , वेबसाइट बनाउदा पनि त्यस्तै हो। वेबसाइटले तपाइको संस्थाको परिचय , तपाइको संस्थाको स्ट्यानर्डड मेन्टेन गर्न सहयोग गर्छ । मान्छे राम्रो लाउनु , राम्रो लाउनु मात्र हैन राम्रो घरमा बस्न पनि रुचाउछन् । यसैगरी वेबसाइट भन्ना साथ ३/४ पेजको नराम्रो फरम्याटको नभई राम्रो अप्टीमाईजेशन, होस्टिंग लोकेशन , नेटवर्क स्पीड , अपटाइम , ब्यान्डविथ, लोडिंग स्पीड , युजर  फ्रेन्डली भएको आदि सबै कुरा मिलाएर बनाउनु पर्छ ।

वेबसाइट बनाउदा मुल्यमा फरक पर्ने केही महत्वपूर्ण कुराहरु

वेब स्पेस : डेभलपरले बनाई सकेको वेबसाइटलाई , कुनै पनि २४ सै धण्टा सातै दिन ३६५ दिन अनलाइन् रहने कम्प्युटरमा होस्ट गर्नु पर्ने हुन्छ, जसलाई वेब  होस्टिङ्ग भनिन्छ, तेस्तो किसिमको सर्भर;  नेर्टवर्क स्पीड ,सेक्युुरिटी, स्टोरेज टाइप , अपटाइम , व्याकप् तथा रिस्टोरको सिस्टम अनुसार वेबस्पेसको रकम कम र बढी हुन्छ । धेरै फाईलहरु राख्नको लागि वेब स्पेस बढी लिनु पर्दछ भने कम स्पेस , कम इमेल संख्या आदिको लागि अलि कम स्पेस लिदा पनि हुन्छ । सामान्यतया स्टाटिक वेबसाइटहरु १०/१५/२५  यम वि भित्र बन्दछन् भने पप इमेलको स्पेस २०/३० /५० यम वि सम्म दिदा १०० यम वि स्पेसमा स्टाटिक साइटलाई होस्ट गर्न सकिन्छ भने डाइनामिक वेबसाइट २५० /५०० /१००० यम वि सम्म वा फोटो तथा फाईलहरुको संख्याको आधारमा अनि कन्टेन्टको आधारमा स्पेस बढी तथा कम हुन्छन् ।

ब्याण्डवि्थ : प्राय वेबसाइटको जति स्पेस हुन्छ ब्याण्डविथ तेसको १० गुना हुन्छ ( यो सेयर्ड होस्टिंग मा प्राय हुन्छ )। वेबसाइटमा भएको फाईल डाउनलोड हुने वा अपलोड हुने प्रक्रिया नै ब्याण्डविथ हो। यो प्रत्येक अंग्रेजी महिना रिसेट हुने गर्दछ । मानौ तपाईको वेबर्साईटको १०० यम वि को छ भने ब्याण्डविथ  प्राय: १००० यम वि को हुन्छ, अब तपाईको वेबसाइटमा ५ यम विको कुनै एउटा फाईल छ जुन् डाउनलोड गर्न राख्नु भएको छ भने त्यो २०० पल्ट डाउनलोड भयो भने तपाई को वेबसाइटको ब्याण्डविथ लिमिट यक्सीड भई वेबसाइटमा ५०९ इरर भनेर आउछ। त्यसैले वेबसाइट बनाउदा ब्याण्डविथ अनुसार पनि त्यसको रकम कम र बढी हुन आउछ ।

डेभलपमेन्ट कस्ट : ”रोम वाज नट बिल्ट इन अ डे”, वेबसाइट बनाउने प्रक्रिया पनि यस्तै नै हो । राम्रोसंग सबै कुरा मिलाएर वेबसाइट बनाउन निक्कै समय लाग्छ। कनटेन्टको आधारमा ,पेजहरुको आधारमा , स्क्रीप्टको आधारमा अनि वेबसाइटको टाइप अनुसार वेबसाइट बनाउन बढी र कम पैसा लाग्छ। धेरै जना मिलि सयौ घण्टा लगाइ एउटा वेबसाइट बन्छ। कुन ठाउँमा के राख्ने ,कस्तो ब्राउजरमा कस्तो देखाउने, डीभाईस फ्रेन्डली, यप्लीकेशन होस्टिङ्ग अनुसार यसको रकम बढी र कम लाग्दछ । वेबसाइट निर्माणमा मुख्य भूमिका खेल्ने एउटा प्रमुख कुरा डेभलपमेन्ट कस्ट हो। डेभलपमेन्ट कस्ट प्याकेज अनुसार वा काम गरेको समयको बेसमा बिलिंग गर्ने गरिन्छ।

डोमेन रेजिस्ट्रेशन : वेबर्साईटको यडड्रेस .कम, .नेट, .ओं आर जी, .कम.यन पी, .इडीयु डट यन पि , आदि जस्ता सयौ एक्सटेनसनमा हुने गर्दछ। टप लेवल डोमेन र कन्ट्री कोड टप लेवल डोमेन अनुसार डोमेनको नाम राख्ने गरिन्छ। .कम डोमेनहरु रु १००० देखि रु १५०० वा रु २००० बार्षिक रुपमा पर्दछन ( शुरु  मा कुनै कुनै रजिस्ट्रार कम्पनिले लोभ्याउनका लागि कम रकममा  शुरु को बर्ष  दर्ता गरिदिन्छन ) भने .कम.यनपी वा डट यन पी बेस डोमेनहरु अहिले सम्म निशुल्क नै पाईरहेकोछ । डट यन पी मा आधारित डोमेनहरु मर्कनटाइल कम्युनिकेसन काठमाडौ बाट दर्ता गरिदै आइरहेको छ।

र्सच इन्जिन अप्टीमाजेशन : गूगलमा होटेल्स इन नेपाल , स्कुल्स इन काठमाण्डौ  भनि र्सच गर्दा निक्कै नै नतिजाहरु निस्किन्छ ,वेबसाइटको पेजमा भएको कन्टेन्ट, टाइटल , मेटा ट्याग्स, कीवोर्ड्स साथै वेबसाइटको ऐज, लेआउट, फर्मेशन आदि जस्ता कुरा अनुसार कुनै पनि वेबसाइटले गुगल क्रलको प्रक्रिया पुरा गरि तेस्तो कुनै कुरा लाई र्सच गर्दा वेबसाइट गूगल र्सचको पहिलो पेजमा वा अन्य पेजमा देखाउने गर्छ। राम्रो संग र्सच इन्जिन अप्टीमाईजेशन गर्नको लागि वेबसाइटलाई राम्रो संग कोडिंग गरि, गुगल को सर्च येल्गोरिथम अनुसार मिल्ने गरि इमेजेजहरुमा अल्ट ट्याग्स, ब्याकलिकं, न्युज, अपडेट फ्रिक्येंसी , ब्लग , अनि अन्य थुप्रै कुराहरु मिलाई र्सच इन्जिन अप्टीमाईजेशन गरिने ले डेभलपमेन्ट कस्ट बढ्ने गर्दछ ।

एडोंन्स : थर्ड पार्टि प्लगिन्स, च्याट स्क्रिप्ट , यनलाईटिकल कोडहरु थर्ड पार्टि एप्लिकेसन प्रोभाइडर बाट किनी वेबसाइटमा एम्बेड गर्दा त्यो प्रोभाइडर लाई लाग्ने चार्जले गर्दा पनि वेबर्साईटको पैसा कम र बढी हुन्छ । येस्ता कुराहरु पेडफर्म,पेड च्याट सिस्टम आदि हुन् ।

ग्राफिक्स : वेबसाइटमा हुने डिजाइन , किनेर राख्नु पर्ने (पेड)  फोटोहरु,  ब्यानरहरु के कस्तो बनाउने हो तेही अनुसार पनि डेभलपमेन्ट कस्ट बढी र कम हुने गर्दछ । यो कस्ट ग्राफिक्स डिजाइनिङ्ग कस्ट अन्तर्गत पर्दछ ।
अडियो र भिडियो अनि एप्लिकेशन :वेबसाइटमा बिभिन्न भिडियो एनीमेशन, अडियो , एप्लिकेशनहरु के के राख्ने, सो कुराहरुले स्पेस कति लाग्ने हो , कस्तो टाइपको एप्लिकेसन राख्ने हो त्यो कुराहरुले अहम भूमिका खेल्छ १२८ के वि पी यस को ५ मिनट को यम पी थ्री फाईल ४ देखि ५ यम वि सम्म हुन्छन । भिडियो पनि क्वालिटी अनुसार कम र बढी हुन्छ ।
अपडेट र मेन्टिेनेन्स : वेबसाइट बनाएर छोड्नु मात्र हैन, बेला बेलामा यसलाई अपडेट पनि गरि राख्नु पर्दछ। कन्टेन्ट म्यानेजमेन्ट बेस्ड वेबसाइटहरु सजिलै संग अपडेट गर्न सकिन्छ भने नन सी यम यस बेस्ड वेबसाइटहरु अपडेट गर्न गाहृो हुन्छ डेभलपर र क्लाईन्टको निर्माण समझदारी अनुसार नै यसको रकम उल्लेख गरिएको हुन्छ ।
कन्टेन्ट राइटिङ्ग : कुनै पनि संस्था , सेवा, उत्पादन आदीको वेबसाइट निर्माण गर्ने क्रममा , त्यस सँग सम्बन्धित जानकारी बिस्त्रित रुपमा लेख्नु पर्ने हुन्छ , जस्का लागि दक्ष्य तथा अनुभबी ब्यक्तीले लेख्दा त्यस संस्था , सेवा, उत्पादनको पूर्ण जानकारी काम समयमा दिन सकिन्छ , यो प्रकृया लाई कन्टेन्ट राइटिङ भनिन्छ, पेज अनुसार मिलएर लेख्नु पर्ने भएकोले वेबसाइट निर्माण प्रकृयामा संस्था लाई यो कन्टेन्ट राइटिङको काम झन्झटिलो हुने हुनाले एक्स्पर्ट हायर गर्नु पर्ने हुन्छ ।
फोटोग्राफि : भनिन्छ खानाको फोटो हेर्दा खाउ खाउ लग्ने हुनु पर्दछ, तेस्ताइ आफ्नो उत्पादन, सेवा , संस्था अनी कुनै पनि कुरा को फोटो राम्रो भयो भने त्यस बारेमा राम्रो जानकारी लिन सकिन्छ , राम्रो फोटोले त्यस्को राम्रो भिजुलाइजेसन गर्ने हुनाले फोटोग्राफी राम्रो हुनु पर्दछ ।
मोनिटरिङ्ग : वेबसाइट बनाई सकेपछि त्यस्तो वेबसाइट लाई वेबसाइट बनाउने कम्पनीले मोनिटरिङ्ग गरी रहनु पर्दछ, वेबसाइटमा स्क्रिप्ट अपडेट , याट्याक, ह्याक, यस् क्यु यल इन्जेक्सन, डि यन यस् याट्याक, इस्पाम कमेन्ट आदी बिभिन्न कुरा हरु बाट बचाइ रहनु पर्दछ , यस्तो प्रकृयाले मात्र वेबसाइट २४ सै घण्टा ३६५ दिन अनलाइन हुने हुन्छ ।
सपोर्ट / भिजिट : वेबसाइट अपडेट सम्बन्धि सपोर्ट,साथै क्लाइण्ट भिजिट,रेगुलर अपडेट आदि कुराहरुले मुख्य रुपमा वेबसाइट निर्माण प्रक्रिया सस्तो र महँगो पर्दछ ।
वेबसाइटले जुन सुकै ब्यापार बढाउन सहयोग गर्दछ , राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा कुनै पनि संस्थाको परिचय भनेको त्यो संस्थाको वेबसाईट नै हो , यस्मा सम्झौता गर्नु भनेको संस्थाको प्रगतिमा सम्झौता गर्नुहो ।
Pracas Infosys
Pracas Infosys
pracasinfosys

Pracas Infosys is an Information Technology Consulting firm located at Kathmandu & Biratnagar, Have been serving since 2007 & providing services like Website Development, Corporate and Business Email service, Search Engine Optimization, Digital Marketing, Business Management, Corporate Branding and IT Consultancy in Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *