web-design-nepal
07 27

कसको लागि वेबसाइट ?

प्रबिधिको विकास संगै आजकल घरमानै कुनै रेस्टुरेन्टले अर्डर गरेको खाने कुरा आइ पुग्छ ,विकास र विस्तारलाई नै निरन्तरता दिने हो, प्रबिधिलाई हामीले अंगाल्दै लगेको विकासले हामीलाई नै सहज बनाउछ , ईलाममा फलेको अलैची होस् या भोजपुरमा बनेको खुकुरी होस् , जसलाई पनि वेबसाइटको माध्यमबाट संसार भरि प्रबर्दन गर्न सकिन्छ ।

काठमान्डौंंमा बस्ने विधार्थीले अस्ट्रे्लिया, अमेरिका, यूकेको कलेजहरु सबै इन्टरनेटमानै खोजि रहेको पाइन्छ अनि ती संस्थाहरुको सम्बन्धित वेबसाइट गुगल, बिङ्ग , याहु जस्ता सर्च इन्जिन वेबसाइट वा डाइरेक्टरी वेबसाइट हरुले देखाउछन । वेबसाइटले वेबसाइट खोजेर देखाउछ अनि डाइल अप इन्टरनेट देखि शुरु भएको ५६ केबिपियस इन्टरनेटको प्रकिया देखि अहिले सम्म आउदा १०/२५ एमबिपियस इन्टरनेट हामी नेपालीहरुले छोटो समयमा नै देखि सकेका छौ ।

सिङगांपुर र नेपालमा संगै प्रबिधि भित्रिएको भए पनि समय र सोच अनुसार अहिले सिङगांपुर सुचना प्रबिधिमा धेरै नै अगाडी पुगि सकेको पाइएको छ । मल्टीनेशनल कम्पनीहरुको डेटा सेन्टर, वेब सर्भर, मेल सर्भर देखि लिएर प्रविधिका विभिन्न कुराहरुमा अग्रणी स्थानमा सिङगांपुर नै छ ।

नेपालमा पनि वेबसाईटहरु नभएको हैन, तर वेबसाइटमा सबैको पहुँच भने अहिले सम्म छैन । यो जनचेतनाको नै कमी हो । कसले कसले वेबसाईट बनाउनु पर्छ, वेबसाईट कसलाई चाहिन्छ भने सबैलै थाहा हुदैन । आजकाल सबै कुरा हरु गुगलमा खाज्ने गरिएको पाइन्छ । तर सबै रिजल्टहरु वेबसाईटमा राखिएको हुदैन, त्यसको लागी वेबसाईट बनाउनु पर्छ । अहिले सम्म पनि थोरै जानकारीहरु मात्र वेबसाईटमा राखिएको पाइन्छ । वेबसाईटमा आफ्नो संस्थाको जानकारी नहुनु भनेको व्यापार घट्नु सरह नै हो । वेबसाईटनै व्यापार लाई कुना कुना सम्म अनि हात हातमा पुर्याउन सजिलो माध्यम हो ।

why-having-a-website-is-important-for-business

वेबसाइट बनाए पछि सजिलै संग, फोटो, भिडियो , आटिर्कल , स्लाइडसो , फाइल डाउनलोड गर्नको लागि राख्न सकिने साथै विभिन्न कुराहरु राख्न सकिन्छ । फोनमा बारम्बार जानकारी भन्ने , बारम्बार इमेल गर्न झंन्झट बाट मुक्त हुनको लागि आजकल विभिन्न संस्थाहरुले वेबसाइट बनाई रहेको पाइन्छ । गुगल मा सर्च गर्दा वेबसाइट नभएको खण्डमा, डाईरेक्टरी मा भएको वा गुगल मै भएको थोरै जानकारी देख्न त सकिन्छ तर सम्पूर्ण संस्थागत डिटेल हेर्नको लागि जुनै पनि संस्थाले वेबसाइट बनाउनु नै  पर्ने हुन्छ ।

संस्था सानो होस् या ठुलो होस् ,वेबसाइटले व्यापार बढाउन, जानकारी दिन अनि संसार भरि सजिलै संग प्रबर्दन गर्न सहयोग पुर्याउछ । राम्रो वेबसाइटले राम्रो छाप छोड्छ भने नराम्रो , नमिलेको वेबसाइटले संस्थाको प्रतिष्ठा गुमाउछ ।

वेबसाईट कसका लागी र कसले कसले बनाउछन ??

कलेज, +२ शैक्षिक निकायहरु तथा विभिन्न शैक्षिक संस्थाहरुले सूचना, समाचार , प्यारेन्ट्सडेको भिडियो ,फोटोहरु अनि स्कुलको रुल्स रेगुलेशन , फी आदी जस्ता कुराहरु वेबसाइटमा राख्न देखाउन सक्छन, जसले गर्दा देश विदेशमा बस्ने अविभावकहरुले तेस्को जानकारी वेबसाइटको माध्यम बाट संसार भरि बाट लिन सक्छन ।

अस्पताल, नर्सिङ्गहोम, क्लिनिक वा सामुदायिक अस्पताल

स्वास्थ्य संस्थाको विकास बढी रहेको छ, ठुलो भन्दा ठुलो रोगहरुको उपचार यहि नेपालमानै हुने गर्दछ। अस्पतालको वेबसाइटमा अस्पतालको जानकारी ,बेडको संख्या, डिपार्टमेन्टहरु, निको भैसकेको बिरामीको फिडब्याक, सफलताका कथाहरु, डाक्टरको बारेमा जानकारी, फि, सेवा सुबिधाहरु राख्नाले जो कोहीले पनि अस्पतालको बारेमा जानकारी लिन सक्छन ।

माईक्रोफाइनान्स,बिकास बैंक, बित्तिय संस्थाहरु

बित्तिय संस्थाको वेबसाइटमा संस्था सम्बन्धि जानकारी, कार्य छेत्र, डिपोजिट, लोन, ब्याजको बारेमा जानकारी अनि बोर्ड अफ डिरेक्टर्स ,सूचना , समाचार ,शाखाहरुको नेटवर्क, एटिएमको लोकेसनहरु साथै प्रोगरेस रिपोर्ट, क्वाटरलि रिपोर्ट राख्न सकिने साथै इन्टरनेट ब्यांककिंग पनि गराउन सकिन्छ ।

एनजियो,आई एन जि यो,क्लब, समुह

एन जि यो, क्लब, समूहहरुले आफ्नो संस्थाको जानकारी, पास्ट एक्टिभिटिज , करेन्ट एक्टिभिटिज, सूचना समाचार, फोटो ग्यालरी राख्न सक्छन ,जसले गर्दा पार्टनर आई एन जि यो संग समन्वय गर्न सजिलो हुन्छ। आफ्नो संस्थाको जानकारी वेबसाइटको माध्यम बाट नै दिन सकिने हुने बारम्बार रुपमा फोन गर्ने इमेल गर्ने झन्झट बाट मुक्त भइन्छ । फाइलहरु डाउनलोड गर्नको लागि राख्न सकिन्छ भने मिसन भिजनहरुपनि सजिलै संग देखाउन सकिन्छ ।

बिदेश भ्रमणमा जाने संस्थाहरु

कृषि सम्बन्धिको संस्था होस् या सहकारी, बित्तिय संस्था वा कुनै पनि संस्थाको भ्रमणमा जादा वा अफिसियल भ्रमणमा जादा संस्थाको जानकारी दिनको लागि नेपालीमा लेखेको ब्राउशर ले पर्याप्त जानकारी नदिने हुन्छ । अनि हजारौ ठाउमा ब्राउशर बाड्न गार्हो पनि हुन्छ । तेस्को लागि वेबसाइटको एड्रेस दिने वा इमेल गर्दा वेबसाइट को लिंक लाइ सिगनेचरमा राख्नाले विदेश भ्रमणमा जाने संस्थाका प्रतिनिधिहरुको लागि एकदम नै सजिलो हुन्छ ।

फ़्यक्ट्रिहरु, ईन्ड्रष्ट्रिज आयत निर्यात गर्ने संस्थाहरु आदि

आयात निर्यात गर्ने फ्याक्ट्री तथा उद्योग, कल कारखानाहरुले आफ्नो फ्याक्ट्रीको र संस्थाको जानकारी, उत्पादनको विवरण, कार्ययोजनाहरु देखाउन सकिन्छ। कुनै पनि बिदेशी निकाय वा फ्याक्ट्री आदि विभिन्न किसिमका संस्था संग समन्वय गर्दा वेबसाइटले अहम भूमिका निभाउछ ।

ग्राफिक डिजाइनिङ्ग, प्रिन्टिङ प्रेस, आर्ट सेन्टर

कुनै पनि संस्थाको वेबसाइटले त्यो संस्थाको जानकारी, ठेगाना, लोकेसन म्यापहरु देखाउन, अनि वेबसाइटको माध्यमबाट नै सम्पर्क गराउन वेबसाइट चाहिन्छ, ग्राफिक्स डिजाइन गर्ने संस्थाले आफ्नो काम गरेको पोर्टफोलियोहरु वेबसाइटमा राखेर आफ्नो काम गरेको जानकारी देखाउन सक्छन । प्रिन्ट गर्ने प्रेसले आफ्नो रेट, जानकारी, सम्पर्क ठेगानाहरु देखाउन सक्छन ।

न्युजपेपर, म्याग्जिन

नेपालमा बस्ने थुप्रै नेपालीहरु संसारको कुना कुनामा बस्ने गरेको पाइन्छ । सबैलाई आफ्नो ठाउँ प्रतिको आफ्नै भाषामा पढ्न मन हुन्छ । अमेरिका मा बस्ने नेपालीले कुनै पनि नेपाली पत्रिका पढ्न २ र ३ र ४ दिन लाग्न सक्छ तर त्यही पत्रिकालाई इपेपर बनाइ अनलाइन बाट पत्रिका सेटिंग गरि फाइनल गर्न साथ अनलाइनमा राखेर संसार भरि देखाउन सकिन्छ । यसले गर्दा पत्रिकामा दिएको बिज्ञापन संसार भरि पुग्छ जसले गर्दा बिज्ञापन दातालाई पनि प्रबर्दन गर्न सहयोग हुन्छ । इपेपर फर्मेटमा पत्रिका वा म्यागजिनलाई राख्दा प्रिन्ट हुने जस्तै नै फर्मेटमा ल्यापटप, आइप्याड, अनि विभिन्न डिभाइसहरुमा सजिलै देखाउन सकिन्छ ।

बिस्कुट, चियापत्ति आदि जस्ता उत्पादन मुलक फ्याक्ट्रीहरु

फ्याक्ट्रीहरुले आफ्नो उत्पादनको वेबसाइट बनाएर राख्दा, सो उत्पादन सम्बन्धि जानकारी, फोटो, भिडियो, कमरसियल प्रोमोहरु राख्न सक्छन ,जसले गर्दा वेबसाइटबाट प्रोडक्ट सम्बन्धि फिडव्याक लिन सजिलो हुनको साथै आफ्नो ब्राण्ड प्रबर्दन हुन्छ ।

होटल, पार्टि प्यालेस, रेस्टुरेन्ट, सेमिनार हल आदि

होटेलमा बस्न टाढा टाढा बाट ग्राहक आउछन् , टाढा बस्ने ग्राहकले कुनै पनि शहरको होटेलहरु गूगलमा सर्च गर्ने, होटेलको फोटो, भिडीयो, जानकारी , सुबिधाहरु हेर्ने, साथै होटेलको ट्यारिफहरु हेर्ने र वेबसाइट बाटनै बुक गर्ने गरेको पाइन्छ । होटेलको वेबसाइट हुनु एकदम नै जरुरी हुन्छ ।

ब्यक्तिगत तथा साझेदारी संस्थाहरु

माथि भने जस्तै जस्तो सुकै संस्था होस् , ग्राहाक सबैलाई चाहिन्छ। जसले पनि आफ्नो व्यापार लाई प्रबर्दन गर्न खोजि रहेको हुन्छ । नया तरिका बाट व्यापार प्रबर्धन गर्नको लागि वेबसाइटले अहम भूमिका खेल्छ । संस्थाको जानकारी, विवरण, ठेगाना, लोकेसन म्याप राखेर वेबसाइटमा देखाउन सकिन्छ ।

मोटर गाडि डिलर, बाईक डिलरहरु जस्तै अटो प्यालेस तथा सोरुमहरु

सबै लाई गाडी चढने, बाइक कुदाउने चाहना हुन्छ। नेपालमा पनि कुनै पनि बाइकको वा कारको मूल्य हेर्न विभिन्न वेबसाइटमा जानु पर्दछ तर तेस्को मूल्यमा छुट र अफरको कुराहरु खासै राखिएको, तेस्को लागि कुनै पनि सोरुमले आफ्नो संस्थागत वेबसाइट बनाई, कर तथा बाइकहरुको जानकारी राख्दा छुटको मूल्य, बाइक तथा कर किन्दा तेस्मा दिने अफरहरु सजिलै संग समाबेश गर्नका साथै एजेन्टको फोन नम्बर , सोरुमको एड्रेस दिन सकिन्छ ।

ट्राभल एण्ड टुरिजम, ट्राभल एजेन्सिका कार्यलयहरु

घुम्न सबैलाई मन पर्छ , धार्मिक यात्रा ,पारिवारिक यात्रामा सबैको मोह हुन्छ। घुम्न जानको लागि ट्राभलमा फोन गरि घन्टौ सम्म सोधी राख्नु पर्ने हुन्छ।यसको लागि ट्राभल एजेन्सिले आफ्नो प्याकेजहरुको लिस्ट, वेबसाइटमा प्याकेजहरु मिलाएर राख्नाले भ्रमणमा जाने यात्रीले सम्पूर्ण विवरण , रुट, सुविधाहरु हेर्न सक्छन ।

विदेशबाट नेपाल आउने पर्यटकहरुले सोहि प्याकेजहरु हेरी अनलाइनबाट फर्म भर्नका  साथै अनलाइन बाट नै बूकिंग गर्न सक्छन। एउटा वेबसाइटले व्यापार प्रबर्दन गर्न सहज बनाउछ ।

business-judgement-website

एफ एम रेडियो स्टेसन

एफ एम रेडियोहरुको पहुँचवाट अनुसार हुन्छ। थोरै वाट भएको रेडियोको पहुच सानो ठाउँ मा मात्र सिमित रहन्छ भने धेरै वाट भएको रेडियोको पहुँच अलि बढि हुन्छ। त्यो भन्दा बढि पहुँचहुनको लागि कुनै पनि एफ एम रेडियो स्टेशनले देशका  विभिन्न ठाउँमा रिले इस्टेसन राख्नु पर्ने हुन्छ, तर विदेश मा त्यो एफ् एम् बजाउनको लागि वेबसाइट बनाई देश विदेशमा पुर्याउन सकिन्छ ।

कुनै पनि एउटा जिल्ला को एफ् एम् लाई देश विदेशको विभिन्न ठाउँमा बस्ने ,अनि आफ्नो ठाउँको रेडियो सुन्न मन पराउने स्रोताहरुलाई वेबसाइटको माध्यमबाट सजिलै जून सुकै डिभाइसमा सुनाउन सकिन्छ ।

खेलकुद संस्थाहरु

खेलकुद संस्थाहरुले आफ्नो संस्थाको जानकारी, सिल्ड, प्रतियोगितामा भाग लिएको जानकारी, खेलाडीहरुको डिटेल्सहरु राखी संस्थाको वेबसाइट बनाउन सक्छन। जसले गर्दा संस्थाको छबि उच्च हुनुको साथै, खेलहरु प्रतक्ष्य देखाउन सक्ने गराउन सकिन्छ। खेलको जानकारी अनि स्कोरहरु तुरुन्त अपडेट गर्न सकिन्छ ।

खेलाडी वा क्लबको परिचय खुल्नुको साथै खेलाडी हरुको पनि मनोबल बढाउन सहयोग गर्दछ ।

कम्प्युटर दोकान आदि

कम्प्यूटरको रेट्स, अन्य कम्प्युटर संग सम्बन्धित उपकरण्ँ , ल्यापटप , हार्डडिस्क आदिको जानकारी संस्थाको जानकारी मिसन भिजनहरु राखी वेबसाइट बनाउन सकिन्छ जसले गर्दा कुनै पनि कम्प्युटरको इस्पेसिफीकेसन र रेट राख्न सकिन्छ ।

पसल , मल, डिपार्टमेन्ट स्टोर

कुनै पनि सानो ठुलो वा डिपार्टमेन्टल स्टोरले आफ्नो  पसलको वेबसाइट बनाई अनलाइन बाटनै अर्डर गराउन सक्छन, आफ्नो समानहरुको डिटेल, मूल्यहरु साथै नया आएको समानहरु, अफरहरु देखाउनको साथै पसलको ठेगाना, लोकेसन म्यापहरु पनि  देखाउन सक्छन ।

यसै गरी बिभिन्न संस्थाहरुले आफ्नो वेबसाईट बनाएर संस्थाको सम्पुर्ण जानकारी राख्न सक्नेछन ।

Pracas Infosys
Pracas Infosys
pracasinfosys

Pracas Infosys is an Information Technology Consulting firm located at Kathmandu & Biratnagar, Have been serving since 2007 & providing services like Website Development, Corporate and Business Email service, Search Engine Optimization, Digital Marketing, Business Management, Corporate Branding and IT Consultancy in Nepal.