प्रौढ़ कम्प्यूटर शिक्षा (डिजिटल साक्षरता अभियान)
September 21 2021

प्रौढ़ कम्प्यूटर शिक्षा (डिजिटल साक्षरता अभियान)

कला, उर्जा, ज्ञान अनि बिज्ञान – समृद्धिको नौलो आयाम

सुचना प्रविधिको बिकासले नै समग्र रास्ट्र्को बिकास हुनेछ भन्ने सोच राखी ४ अशोज २०६४ सालमा स्थापना भएको प्रकाश ईन्फोशिस (https://pfs.com.np) ले ४ आश्विन २०७८ बाट आफ्नो कार्यकालको १४ बर्ष पुरा गरी १५ बर्षमा प्रबेश गरेको छ ।   

डेढ दशक लामो प्रविधिको यात्रामा बिभिन्न आरोह आवरोह पार गर्दै साथै सुचना प्रविधि सम्बन्धि सेवा, परामर्श, सुचना प्रबिधी सम्बन्धी जनचेतना, तालिम, सोसियल मिडियाको प्रयोग, ईन्टरनेटको सही सदुपयोग सम्बन्धि जनचेतना साथै यसै प्रविधिको उच्चतम प्रयोग गरी समाजमा फैलियर रहेका बिकराल समस्याहरुलाई कहिले “डिजिटल साक्षरता अभियान” नाम दिइ अनि कहिले “कर्मशील नेपालीहरुको मोबाईल एप” भनि बेरोजगारीको समस्यालाइ वेब अनि मोबाइल एपको माध्यम मार्फत काम खोज्ने अनि काम गराउन खोज्नेलाइ सजिलै जोडनु पर्छ भनी मोबाइल एप्लिकेसनको बिकास गर्न सधै तत्पर रहेको छ ।

प्रौढ़ कम्प्यूटर शिक्षा (डिजिटल साक्षरता अभियान)
प्रौढ़ कम्प्यूटर शिक्षा (डिजिटल साक्षरता अभियान)

इन्टरनेटले समग्र रुपमा श्रब्य दृश्य, फोटो, फाईल अनि डिजिटल्ली कुनै पनि सुचना, जानकारि, इमेल आदी एक ठाउबाट क्षण भरमै संसारको अर्को ठाउ पुर्याउने माध्यम वेबसाइट्, इमेल्, सोसियल मेडिया, आदी जस्तै बिभिन्न माध्यमको प्रयोग गर्दै सुचनाहरु सम्प्रेशन गर्न सहजिकरण गर्ने उदेश्य अनुरुप बिराटनगरमा स्थापना गरी देश बिदेशमा सुचना प्रबिधिको काम बिराटनगरबाटै गरी तत्कालिन पुर्वाण्चल क्षेत्रमा (हालको प्रदेश १) सुचना प्रबिधीले पार्न सक्ने ठुलो परिवर्तनको साना पाइला सार्ने काम गर्दै प्रकाश ईन्फोशिस ले १४ फाल्गुन २०६७ मा बिधिवत रुपमा बिराटनगरबाट “प्रौढ़ कम्प्यूटर शिक्षा” नाम दिई “डिजिटल साक्षरता अभियान” को सुरुवात गरेको थियो, त्यसै अभियानलाइ निरन्तरता दिदै बिभिन्न ६ बिधामा तालिम दिदै आयेको छ जसको जानकारी https://pcs.org.np मा समेत हेर्न सकिन्छ । 

प्रौढ कम्प्यूटर शिक्षा (डिजिटल साक्षरता अभियान)

डिजिटल साक्षरता अभियान
डिजिटल साक्षरता अभियान

प्रौढ कम्प्यूटर शिक्षा (डिजिटल साक्षरता अभियान) प्रकाश ईन्फोशिसद्वारा शुरू गरिएको अभियान हो । यसको सामाजिक जिम्मेवारीको पूर्तिमा, प्रौढ कम्प्यूटर शिक्षा विशुद्ध सेवा उन्मुख छ र नि:शुल्क सञ्चालन गरिन्छ । यस कार्यक्रममा, जुनै पनि पेशा, धर्म, समुदाय, आदिको मानिसहरु भाग लिन सक्छन् र ईमेल, इन्टरनेट, फेसबुक, स्काइप, च्याट, र आधारभूत कम्प्यूटर कौशलको बारेमा जानकारी प्राप्त गरेर सक्षम बन्न सक्छन् । ३० बर्षभन्दा माथिको ब्यक्तिहरूलाई कम्प्युटर शिक्षा, सरकार र संगठनका अधिकारीहरुको लागि एक्सप्रेस कम्पुटिंङ्ग, महिलाको लागि महिला डिजिटल साक्षरता, निर्माण ब्यबसायीहरुका लागि ई-बिडिंग र डिजिटल मार्केटिंग साथै कम्प्यूटरको आधारभूत ज्ञान दिने हो ।

“प्रौढ कम्प्यूटर शिक्षा” पूर्ण रुपले एक नि:शुल्क अभियान हो । यसले सबै नेपालीहरुलाई ईमेल, इन्टरनेटको उचित उपयोग गराउन चाहन्छ । इन्टरनेट हरेक गाउँ र शहरको बजारमा पुग्न सक्छ, तर थोरै मानिसहरुलाई थाहा छ कि यो कसरी प्रयोग गर्न सकिन्छ भनेर ।तसर्थ “प्रौढ कम्प्यूटर शिक्षा” जनता र पूर्ण टेक्नोलोजी बिचको अन्तर कम गर्न चाहन्छ ।

Sriyog.Com

प्रविधिको माध्यमबाट जनशक्तिहरूलाई रोजगारी सिर्जना गर्ने यो एपले नर्मल यूजर (सामान्य प्रयोगकर्ता) को रुपमा दर्ता गर्ने अवसर (https://Sriyog.Com/register) मार्फत दिन्छ । कसैले दर्ता नगरी पनि कामदार खोज्ने अवसर प्राप्त गर्छन्, जसलाई नर्मल यूजरको रुपमा दर्ता गर्ने अवसर समेत दिइने गरिन्छ । यसरी सो अवसर प्राप्त गर्नको लागि कुनै पनि दक्ष जनशक्ति (प्रोफेसनल मेनपावर) लाई पुनर्विचार (रिभ्यू रेटिङ्ग) गर्नको लागि साधारण प्रयोगकर्ता (नर्मल यूजर) को रुपमा दर्ता भएको हुनुपर्छ । यही रिभ्यू रेटिङ्गको आधारमा क्षमता अनि सीपको पहिचान गर्न भनी बनाइएको व्यवस्था (सिस्टम) मा पनि दक्ष जनशक्ति (प्रोफेसनल) व्यक्तिको प्रोफाइलको आधारमा कुनै पनि व्यवसायिक व्यक्तिको प्रोफाईल कुन स्थानमा वा समूहमा राख्ने भनी अहिले सीप दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

सीप भएका तथा सीप सिकेका दक्ष जनशक्ति र कामदारलाई डिजिटल प्रविधि मार्फत जोड्न २०७६ भदौ २६ बाट विधिवत रुपमा शुरूवात भएको साथै २०७७ चैत १० मा गुगल प्ले स्टोर मार्फत ५० हजार प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन् । डिजिटल प्रविधि अनि डिजिटल युगमा इन्टरनेटको प्रयोग बढेसँगै मोबाईल, ट्याब, कम्प्युटरदेखि विभिन्न डिभाइस हुँदै हातहातमा पुगिसकेको प्रविधिलाई आफूमा भएको सीप दर्ता गर्न र काम गराउन खोज्नेले काम गर्ने व्यक्तिलाई सोझै सम्पर्क गर्न भनी शुरूवात गरिएको हो । Sriyog.Com र छोटो अवधिमा आफ्ना प्रयोगकर्ताहरुलाई मोबाइल एप मार्फत् डिजिटल युगमा प्रवेश गराउनु र कामलाई कामदारसँग जोड्नु भनेको डिजिटल प्रविधिको नौलो आयाम हो भन्ने कुरा Sriyog.Com ले मान्दै आएको  छ ।

Sriyog.Com ले आफूसँग गाँसिएका जनशक्तिहरूलाई रोजगारी उपलब्ध गराउने भन्दा पनि आफनो वेब र मोबाईल एप्लिकेसनको माध्यमबाट उनीहरुलाई र उनीहरुको कामलाई जोड्ने सेतुको काम गर्छ । बेरोजगार तथा दक्ष जनशक्तिहरुलाई प्रोफ़ाइलिङ्ग गराई काम गर्ने र गराउने बीचमा डिजिटल प्रविधिलाई सेतु बनाउँदै लगेको यस मोबाईल एपले काम गर्न चाहने, भर्खरै सीप सिकेका, विदेशबाट आएर नेपालमै कामको अवसर खोजिरहेका, कामकाजी महिला दिदीबहिनीहरुलाई काम खोज्नको लागि आफू सम्बन्धित समूहमा दर्ता गर्नुपर्ने हुन्छ साथै आफ्नो विवरण काम लगाउन खोज्नेले सोही स्थान र समूहमा खोजी गर्दा मोबाईल एप मार्फत् सम्पर्क गरी काम र काम गर्ने व्यक्तिलाईं भौगोलिक स्थानको आधारमा जोडने गर्दछ, जसको माध्यमबाट काम खोज्ने व्यक्ति र काम लगाउने व्यक्ति एक आपसमा प्रविधिको माध्यमबाट स्वचालित रुपमा जोडिने छन् ।

Prakash Upreti
pracas

Prakash Upreti, Holds 17+ years of experience in IT Consulting, resident of Biratnagar Nepal, 2005 IT Graduate from Hyderabad India, has been running an IT venture since 2007 with renowned brands of Nepal. WordCamp speaker, guest lecture in various colleges & academic institutions, technological geek, blogging since 2005 in WordPress platform and runs a startup which is Nepal’s largest part time network of professional people whom we need in our daily life which can be seen in www.sriyog.com

0 Shares
Share via
Copy link
Powered by Social Snap