१४ औ बर्षमा प्रवेश
गाँस, बास, कपास अनि इन्टरनेट, यी चार दैनिक जीवनको अपरिहार्य बस्तु भई सकेको छ । इन्टरनेट बिना धेरै सेवा, सुबिधा, वित्तीय प्रयोग, सूचना, समाचार, प्रयोग बिहिन हुन्छन । इन्टरनेट संगै सम्बन्धित अन्य कुराहरु हामी धेरै वर्ष अगाडी देखि प्रयोग गर्दै आएका छौ । एउटा फोनबाट अर्को फोनमा १०० रुपैयाको ब्यालेन्स ट्रान्सफर गर्न हजारौ लाइनको कोड, धेरै जना प्रोग्रामरको मेहनत, इन्टरनेट, फायरवाल, सेक्युरिटी, २४ सै घण्टा ३६५ औ दिन अपटाईम हुने सर्भर देखि लिएर त्यो १०० रुपैया ट्रान्सफर गर्दा बीचमा ट्रान्जिक्सन ह्याक नहोस भन्नका लागि सुरक्षाका उपाय अनि कठिनाई भोग्नु पर्ने हुन्छ ।
एप्स खोल्यो, १०० “इन्टर” गर्यो अनि कुन नम्बरमा पठाउने १० डिजिटको नम्बर इन्टर गर्यो, अनि “सेन्ड”, ३० सेकेन्ड भित्र काम सकिन्छ, तर यति कोड अनि सिस्टम बनाउन वा प्रोग्राम गर्नलाई धेरै मेहेनत, समय, पैसा निवेश गर्नु पर्छ ।
यस्तै हजारौ, लाखौ लाइनको कोड, सर्भर अपटाईम, सेक्युरिटी, सपोर्ट, कहिले अमेरिकामा सर्भर, कहिले त्यो भन्दा नजिक लेटेन्सीका लागि युके भन्दै, वेबसाइट र इमेल सेवाहरु सहज हुन्, चाडै खुलुन भन्दै अहिले हामीले हाम्रो वेब सर्भर गुगलको सिंगापुरमा राखेका छौ । कामलाई अझै द्रुत गतिमा सम्पन्न गर्न, अपडेटका कुराहरु लाई मिलाउन बिराटनगर र काठमाडौँ दुई स्थानमा टिम परिचलान गरि सेवालाई उत्कृष्ट बनाउदै लागेका छौ । ह्याक र याट्याक हुने समस्यालाई निर्मुल गर्दै लैजानको लागि ३ वर्ष भन्दा पुरानो वेबसाइटहरु लाई लेटेस्ट भर्सनमा अपग्रेड गर्न, २०१७ अनि त्यस भन्दा आगाडी बनेका धेरै वेबसाइटहरु लाई रिडिजाइन गरि सकेकाछौं र बाकिलाई पनि चाडै नै रिडिजाइन गर्ने योजनामा छौ ।
बिगत १३ वर्ष देखि अनवरत रुपमा काम गर्दै, सिस्टम अपग्रेड गर्दै अनि भैपरी आउने समस्यालाई समाधान गर्दै हामी १३ बर्षे कार्यकाल सकि अब १४ वर्षमा प्रवेश गर्दै छौ । “सेवालाई धर्म मान्दै” एउटा सानो संस्था, लगतार १४ बर्ष देखि अनवरत रुपमा, कठिन अवरोह पार गर्दै, सुचना प्रबिधिको क्षेत्रमा शसक्त रुपमा सेवाग्राहीहरुलाई सेवा दिदै आइरहेको छ । सेवालाई अझै परिस्कृत गर्दै गुगलको सिङ्गापुरमा रहेको सर्वर होस्टिंग, जिमेलको सेवा, विजनेस ईमेल, फेसबुक मार्केटिंग आदि सम्पूर्ण अतिआवश्यक इन्टरनेटका ब्यापार सम्बन्धि बस्तुहरुलाई प्याकेज बनाएर मासिक आधारमा गरिने व्यहोरा यहाँहरुलाई सुचित गराउन चाहान्छौ ।

कोरोनाको महामारी संगै वित्तीय कराबोरलाई अझै सहज बनाउन मोबाइल, इन्टरनेट पेमेन्टलाई मध्यनजर गर्दै देशै भित्रका सूचना प्रबिधिका उत्पादनहरुलाई पनि प्रबर्दन गर्नु पर्छ भन्ने अवधारनालाई मुर्तरुप दिन इसेवा, खल्ती, कनेक्ट आई.पी.एस., ई-बैंकिंगलाई प्रोत्साहान गर्ने निर्णय गरि इन्टरनेट बैंकिंग प्रणाली अन्तर्गत भुक्तानी गर्न आग्रह गर्दछौ ।
ग्राहकवर्गहरुको मागलाई ध्यानमा राखी सेवालाई मुख्यतय तिन भागमा बाडिएको छ, जसमा वेबसाइट अन्तर्गत वेबसाइट निर्माण, अपडेट र अपग्रेड, डिजिटल मार्केटिङ अन्तर्गत फेशबुक मार्केटिङ, इन्टरनेट मार्केटिङ, र गुगल एड मार्केटिंग, व्यापारिक ईमेल अन्तर्गत गुगल स्विट इमेल, माइक्रोसफ्ट अफिस ३६५ का अनि कस्टम इमेल समेत उपलब्ध गराउने जसले टिम वोर्क गर्न पनि सहज बनाउछ । यी सबैलाई एउटा प्याकेजमा राखी संस्था अनुसार माषिक रुपमा विलिङ गराउने अनि सेवालाई अझै चुस्त र दुरुस्त बनाउन माषिक भुक्तानी तथा कस्टमाइज रिपोर्टिंग गर्ने छौ ।
हाम्रा सेवाग्राहीहरूका संस्थामा आबद्द हुनु भएका व्यक्तिहरुलाई वेबसाइट अपडेट, इमेल, सोसियल मिडिया प्रयोग गर्ने सम्बन्धि तालिम पनि प्याकेजमा समाबेश गरेका छौ । जसले गर्दा सूचना प्रबिधिको प्रयोगमा सहज हुने तथा प्रबिधिको सहि प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनु पनि हो ।
हाम्रो सेवा ग्राही, शुभचिन्तक र यस संस्थामा आवद्ध हुनु भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाहान्छौ । सेवा काल देखिनै ठुलो सहयोग पुर्याउनुहुने व्यक्तिहरु क्रमश: डा.सुधिर खनाल, विजय सिहं जि.शी, बद्री उप्रेती, सुभाष उप्रेती, किशोर बास्कोटा, सुबास श्रेष्ठ चन्द्र शेखर, प्रबिण कुन्डलिया, संजोग लुइटेल, निर्मल तामाङ, कुमार कार्की, योगेन्द्र धमला, मर्कन्टाइल कम्यूनिकेशनका सम्पूर्ण प्राविधिक, NITC का शम्भु यादव साथै यस संस्थामा हिजोका दिनमा र आजसम्म सेवा गर्नु हुने र संस्थालाई सेवा गर्ने मौका दिनुभएको सम्पूर्ण ग्राहक वर्गहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौ ।
धन्यबाद
प्रकाश इन्फोशिस परिवार